ट्रेण्डिङ

नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले केटी पक्षसँग मिलेर एक  अन्तरजातीय बिवाहका सन्दर्भमा  चन्द्र बहादुर बिकका आफन्तलाई दु:ख दिएकाे भनिएको छ ।

काेहलपुर पुलिसले पहुँच र शक्तिका आडमा  विकका आफन्तलाई नियन्त्रणमा लिएर केटाकेटी उपस्थित गराउन र छुटाउन दबाब दिएको आफुले जानकारी प्राप्त गरेकाे दलितका लागि दलित अभियानका संयाेजक खगेन्द्र सुनारले फेसबुकमा उल्लेख गरेका छन ।

उनका अनुसार केटी ७ महिनाको गर्भवती छिन । उनी थप लेख्छन ” दलित भएकै कारण जोडि छुटाईयो, केटालाई झुटो मुद्दा लगाईयो, कुनैपनि मानसिक वा शारीरिक दवाब भयो भने  काेहलपुरका DSP लाई कारबाही हुन्छ ।”

पीडितले सुरक्षा पाउ भनी निवेदन काेहलपुर पुलिसले उक्त निवेदन लिएको छैन उनले लेखेका छन “यसअघि पनि धेरै बदमासी गरेको छ यो ईलाकाले….!”

उक्त घटना वारे बुझ्न खाेज्दा काेहलपुरका डिएसपीसँग सम्पर्क हुन सकेन भने बाँके प्रहरी प्रमुख रामप्रसाद घर्तीले यसवारे बुझेर प्रतिक्रुया दिने बताए ।

पीडित विकका आफन्त सपना सिंह विकले जेठ ३१ गते जिउ ज्यान सुरक्षाको माग गर्दै  काेहलपुर पुलिसमा निवेदन दिएकाे निवेदन पत्रमै उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय