ट्रेण्डिङ

नेपालगन्ज : दैलेखका सरकारी कार्यालयमा कर्मचारीकाे मनपरि मात्रै  हाेइन दादागिरी समेत चल्दै आएको देखिएको छ ।

सरकारी तलब खाने तर, काम नगर्ने प्रवृतिले चरम सीमा नाघेकाे छ । अधिकाशं कार्यालयका कर्मचारी हाजिर गरेर टाप हान्ने ( हाटा) अभियानमा सक्रिय देखिएका छन ।

कतिपयले अफिस आएपनि सरकारी पाेशाख नलाएर पाेशाखकै अपमान गरिरहेका छन त कतिपय कार्यालयमै हाजिर पनि नगर्ने उपस्थिति पनि नहुने गरेकाे देखिएको छ ।

यस्ताे अबस्थाले सेवाग्राही समस्यामा पर्ने गरेका छन ।  नागरिक तहबाट व्यापक गुनासाे आएपछि दैलेख सिडिओ अफिसले गरेकाे अनुगमनका क्रममा माथि उल्लेखित कथा र कर्मचारीकाे ताल वारे थाहा भएको हाे ।

यसले दैलेखमा सरकारी सेवामा लापरबाही देखिएको छ । जिल्ला प्रशासनकाे छड्के निरीक्षणमा ९७ जना कर्मचारी अनुपस्थित भेटिएका हुन् ।

१८ वटा कार्यालयमा गरिएको निरीक्षणमा ६७ जना कर्मचारीहरु कार्यालय पोशाक विहिन भेटिएकाे सिडिओ अफिसले सार्वजनिक बिज्ञप्ती मार्फत नै जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय