ट्रेण्डिङ

नेपालगन्ज :   नेपाल बाैद्विक परिषद बाँकेले दाेश्रो बैठक तथा  केन्द्रीय अधिवेशनमा निर्वाचित पदाधिकारी देखि सदस्यलाई सम्मान गरेकाे छ ।

परिषद्काे केन्द्रीय कमिटी सचिव कृष्ण कुमार लम्साल सहित केन्द्रीय कमिटी सदस्य दमनध्वज डाँगी , केन्द्रीय लेखा आयाेग सचिव प्रकाश रेग्मीलाई सम्मान गरिएको हाे ।

परिषद्ले  नेपाल राष्ट्रिय शिक्षक संगठनकाे राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय समिति सचिव बामदेव सुवेदीलाई पनि बधाई तथा सम्मान गरेकाे परिषद् बाँकेका अध्यक्ष निमप्रकाश थापाले बताए ।

उक्त कार्यक्रम/ बैठकमा  पेशागत महासंघ बाँकेका अध्यक्ष दुर्गा डाँगी , नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके अध्यक्ष बाबुराम अधिकारी लगायत नेपाल बाैद्विक परिषद बाँके जिल्ला कमिटी पदाधिकारी तथा सदस्य र एमाले बाँकेका नेताहरूकाे सहभागीता थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय