नेपालगन्ज : सिडियोका रूपमा खगेन्द्र रिजाल बाँकेमा आएपछि सेवामूलक कामहरू फास्ट ट्याक विधिमार्फत अघि बढिरहेका छन । कमर्यालयबाट दैनिक ५ देखि ८ सय सेवाग्राहीले सेवा लिइरहेका छन । विगतमा झन्झटिलो देखिएको प्रशासनकाे सेवाप्रवाह सहज बनेपछि नागरिक हर्षित बनेकमे राप्तिसाेनारिका सेवाग्राही दिपक वलि बताउछन् । अहिले सिडिअाे रिजालकाे सकियतामा नरैनापुरमा समेत सेवा विस्तार भएपछि त्यहाँका नागरिकले घरदैलोमा नै सेवा पाएका छन । प्रशासनबाट राहदानी लगायतका सेवा प्रवाह बढेकाे सहायक सिडियाे लालबहादुर गुरुङ बताउछन ।






