नेपालगन्ज : नेपाली काङ्ग्रेसकाे भातृ संगठन जेपाल तरुण दल बाँकेकाे जिल्ला अधिवेशन विगत लामाे समयदेखि हुन सकेकाे छैन ।
२०७१ मा पछिल्लो जिल्ला अधिवेशन भएको थियाे । तर २२ बर्षदेखि नेतृत्व परिवर्तन भएको छैन । २०६० सालमा बालकृष्ण खाँण केन्द्रीय सभापति हुँदा गठित बाँके जिल्ला कमिटी अहिले पनि उहीँ छ ।
तत्कालीन अबस्थामा कार्यवहाक सभापतिकाे जिम्मेवारी पाएका वीरेन्द्र बहादुर शाह अहिले पनि कार्यवहाक अध्यक्ष नै छन ।
शाहलाई २०६०/११/ ८ गते कार्यवाहक अध्यक्षमा मनाेनित गरिएको थियाे । यसबिचमा शाह नेेपालगन्ज उपमहानगरपालिका १३ काे वडाध्यक्ष समेत भैसकेका छन ।
याे अबधि हेर्दा उाी कार्यवाह अध्यक्ष भएकै २२ बर्ष बितिसकेकाे छ । तर, जिल्ला अधिवेशन गर्न तरुण दल र सिङ्गाे बाँके काङ्ग्रेस नै उदासीन छ ।
दलभित्रैकाे एउटा संगठनका अधिवेशन गर्न नसक्ने बाँके काङ्ग्रेस कसरी चलिरहेकाे हाेला यतिवेला काम नागरिककाे चासाेकाे बिषय बनेकाे छ ।
तरुण दल बाँकेका सबै दल निकट दलकाे भातृ संगठनमध्ये बलियाे संगठन भए पनि २२ बर्षसम्म अधिवेशन गर्न नसक्दा बाँकेमा तरुण दलकाे साख मेटिन थालेकाे देखिएको काङ्ग्रेस निकट नेताहरू नै बताउँछन् ।
कार्यवहाक अध्यक्ष शाहले विविध कारणले बिचमा अधिवेशन गर्न नसकिएको भन्दै अब तत्काल अधिवेशन गर्नका लागि तयारी भैरहेकाे बताएका छन ।






