नेपालगन्ज : लुम्बिनी प्रााविधिक बिश्वबिद्धालयका उपकुलपति बिनाेद ढकालले बिश्वबिद्धालयकाे स्थापना दिवसमा बदमासी गरेका छन ।
बिश्वबिद्धालय जस्ताे गरिमामय संस्थाकाे स्थापना दिवसमा उनले बिधार्थी संगठनलाई उपेक्षा गरि पाखा लगाएकाे बिधार्थी संगठनकाे आराेप छ ।
बिश्वबिद्धालयकाे स्थापना कार्यक्रममा बिधार्थी संगठनलाई नै उपेक्षा गर्नु उपकुलपतिको बदमाासी भएको विभिन्न संगठनका नेताहरू बताउँछन् ।
उक्त स्थापना दिवस भएको थाहा भएर कार्यक्रम स्थल पुग्दा समेत बिधार्थी संगठनका नेताहरूलाई वेवास्ता गरी उपकुलपति ढकालले संगठनकै अपमान गरेकाे अनेरास्ववियुका अध्यक्ष प्रकाश विक बताउँछन् ।

विश्वविद्यालयका पदाधिकारीले विद्यार्थी संगठन चिन्दैनन् ! याे दुखद कुरा हाे अध्यक्ष विकले फेसबुकमा लेखेका छन किन निरंकुश हुन्छन् पदाधिकारी ? के लुम्बिनी विद्यार्थी विहिनताकाे विश्वविद्यालय हाे ? उनले प्रश्न समेत गरेका छन ।
कार्यक्रम स्थलमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीका अध्यक्ष सहितका पदाधिकारी गएका थिए ।
उपकुलपति ढकालकाे बदमासीकाे बिराेधका बाबजुद दादागिरी शैलीमा जबर्जस्ती स्थापना दिवस मनाएकाे बिधार्थीहरुकाे आराेप छ ।
यश बिषयमा बिश्वबिद्धालयका उपकुलपति ढकालसँग प्रतिक्रीया लिन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकन । लुम्बिनी प्रााविधपक बिश्वबिद्धालय पछिल्लो समय विवादीत मात्रै नभई वेकामे बनिरहेको छ ।






