ट्रेण्डिङ

नेपालगन्ज : बाँके बैजनाथ गाउँपालिकाकाे  नौवस्ता कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी बस्नु पर्दा गेट देखि वेडसम्म बिभिन्न समस्या देखिएका छन ।

यी समस्याकाे दिर्घकालिन समाधानका लागि बाँके सिडिओ र समग्र सुरक्षा संयन्त्र तथा यहाँका जनप्रतिनिधि उदासीन छन ।

बेलाबेलामा चटक देखाउन अनुगमन गरिने गरिए पनि अनुगमनमा देखिएका समस्या समाधानमा काेही जिम्मेवार र सक्रिय देखिदैनन ।

यसले यहाँका कैदीबन्दीलाई आश्वासन र ललिपप देखाउने मात्रै  काम भएको स्पष्ट देखिएकाे छ ।

साजाे  एकै कोठामा १२ देखि ४० जनासम्म बस्नुपर्ने बाध्यता, कारागारमा ३२ वटा शौचालयमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा पालो पर्खनु पर्ने,  छिटै शौचालयको सेफ्टी टंकी भरिने समस्तया छन ।

कारागारमा पढाउने शिक्षकको ब्यवस्था नभएको, कारागार गृह भित्र पसलमा बढी मुल्यमा सामान किन्न परेको लगायतका दर्जनाै सामान्य समस्याकाे समेत समाधानमा कसैले चासाे देखाएको देखिदैन ।

पटक/ पटक हुने चटक झै अहिले पनि बाँकेका सिडिओेकाे  नेतृत्वमा केही गाेजीका अधिकारकर्मीकाे झुण्डले अनुगमन गरेकाे भनिएकाे छ ।

तर, सामान्य समस्याकाे समाधान पनि खाेज्न नसकेकाे देखिँदा यस्ता अनुगमन अर्थहीन हुँदै आएका छन ।

कैदीबन्दीका गुनासा सुनेका सिडिओ धर्मराज जाेशीले कैदीबन्दीले पाउने सुबिधा दिलाउन आफु प्रर्यत्नसिल रहेको  बिगतका सिडिओेले भन्ने गरे झै रेडिमेट प्रतिबद्वता जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय