नेपालगन्ज : बाँकेको नेपालगन्ज बजारमा सञ्चालन भएका मेडिकलहरू मापदण्ड विपरीत चलिरहेकम छन । यहाँ सञ्चालनमा आएका अधिकाश मेडिकल मापदण्ड अनुसार देखिदैनन । यतिसम्मकि यस्ता मेडिकलले मापदण्ड विपरीत नै औषधी बिक्री वितरण गरेका छन । मेडिकलले औषधी बिक्री वितरणका लागि दर्ता गरे पनि दर्ता भन्दा बाहिर रहेर मापदण्ड विपरीत औषधी जन्य सामग्रीहरू बिक्री वितरण गरिरहेका छन् । मापदण्ड विपरीत औषधीजन्य सामग्री वितरणले मानिसको स्वास्थ्यमा अप्रत्यक्ष रूपमा खेलबाड त गरिरहेको छन् यसले गर्दा कर छली पनि भएको देखिन्छ । मेडिकलहरूले दर्ता नै नगरी क्रिम, डाइपर प्याड, पेस्ट, हरलेक्स लगायतका स्वास्थ्य सामग्री बिक्री गरिरहेका छन् ।
जिल्लाका सबै जसो मेडिकलले रेडियोमा सूचना बजाएर डाक्टर आउने विज्ञापन गरिरहेका छन् । दर्ता विना नै यसरी डाक्टर बोलाएर उपचार गर्नाले बिरामीमा समस्या आएको जबाफदेही हुने भन्नेमा पनि समस्या देखिएको छ । यहाँ केही बाहेक अन्य मेडिकलले औषधि र औषधि जन्य सामग्री छुट्टा छुट्टै राखेर बिक्री नगरेको पाइएको छ, केही मेडिकलले त औषधी र पशुका औषधी समेत एउटै पसलमा सञ्चालन गरिरहेका छन ।
मापदण्ड विपरीत मेडिकल सञ्चालन हुँदा स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठ अनुगमनको क्रममा कुनै पनि मेडिकलले बिरामी चेक गरेको डाटा नराखेको हुँदा कस्ता प्रकृतिका कति बिरामीले सेवा लिए भन्ने यकिन तथ्याङ्क नदेखिएकाले राष्ट्रिय तथ्याङ्कमा नै असर पुगिरहेको बताउछन । उनले निजी अस्पतालले उपचार गरेका बिरामीको रिपोर्टिङ नभएको कारण यकिन तथ्याङ्कमा समेत असर गरिरहेको भन्दै सरकारी अस्पतालको मात्रै तथ्याङ्क आइरहेको हुँदा मेडिकलको लापरबाहीले सिङ्गो तथ्याङ्क नै गलत देखाएको बताए । मेडिकलले औषधी बिक्री वितरण गर्ने गरी दर्ता गरे पनि सबै मेडिकले औषधीजन्य सामग्री मात्र होइन क्लिनिक नै सञ्चालन गरिरहेको छन् ।
सबै जसो मेडिकलले दर्ता विना नै औषधी जन्य सामग्री बिक्री वितरण हुनुले कर छलि हुन सक्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वमा भएको अनुगमन समिति बताउँछ । औषधीजन्य सामग्री एकै ठाउँ राखेको, समूह क र ख वर्गको औषधिहरु केही मेडिकलमा बाहेक व्यवस्थित रूपमा नराखिएको, म्याद गुज्रिएका औषधी व्यवस्थित नराखिएको, क्लिनिकमा सेवा शुल्क नराखिएको, अपाङ्गमैत्री नभएको र मापदण्ड पूरा नगरेको देखिएको उनी बताउछन् । तर, मेडिकल सन्चालकले सुधारमा चासाे देखाएका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाकाे स्वास्थ्य शाखा पनि चुपचाप देखिएको छ ।






