नेपालगन्ज : एमाले नेताहरूको हालत ४ हजार वर्ष पहिले लेखिएको महाभारतमा द्रौपदीको वस्त्र हरण हुँदा समेत बोल्न नसक्ने महारथीहरूकै जस्तो देखिएको छ ।
सक्रिय राजनीतिमा बिधा भण्डारीकाे चलखेलसँगै एमाले हलचल र धुव्रीकरण आएकाे हाे । तर, धेरै नेचाहरु अहिले पाएकाे पद नै गुम्ने डरले खुल्न सकेका छैनन ।
केहीले भने आफ्नाे स्पष्ट धारण र लाइन क्लियर गरिसकेका छन । यसाे हेर्दा भण्डारीकाे आगमनले जनता, कार्यकर्ता र बहुमत नेतामा उत्साह थपेकाे छ भने केहीकाे निदहराम भएको देखिएछ ।
स्थायी हाेस वा पाेलिटव्युराे र केन्द्रीय कमिटीमा नेताबिच लाइन क्लियरकाे कसरत भैरहँदा यसकाे प्रभाव जिल्लामा परिसकेकाे छ ।

गत ११ जेठमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले त पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी विधानमा व्यवस्था गरेरै सक्रिय राजनीतिमा आउनबाट रोक्नुपर्ने प्रस्ताव लगेका थिए ।
भलै अरू पदाधिकारीको साथ पाउने अवस्था नरहेपछि ओली आफैंले पोखरेलको प्रस्ताव अस्वीकृत गरेका थिए । यसले अहिले पाेखरेललाई उक्त प्रस्ताव फासाे जस्तै भएको छ ।
पार्टीको ११औं महाधिवेशनबाट ओलीको विकल्प खोज्न चाहने, तर ओलीकै डरले उनीहरूले आफ्नो कुरा भन्न सकिरहेका छैनन् ।
एमालेभित्र ओलीको भयले बोल्न नसक्ने प्रवृत्ति नौलो चाहिँ होइन । विशेषगरी तत्कालीन नेकपा फुटेपछि ओली र उनको निर्णयप्रति विमति जनाउने नेताहरूलाई स्पष्टीकरण सोध्नेदेखि पार्टी निकाला गर्नेसम्म हुँदै आएको छ ।
विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकै सभा सम्बोधन गर्दै ओलीले मदन भण्डारीलाई नै उपेक्षा गर्नेगरी बोलेका थिए । विशेषगरी मदन भण्डारीलाई ४ वटी श्रीमती र सहकारी ठगको आरोप लगाइएको प्रसंग निकालेर ओलीले विद्या भण्डारीलाई चिढ्याउने काम गरेका थिए ।
तर, ओलीको एकलौटी चल्दै आएको एमालेभित्र त्यही दिनदेखि हलचल बढेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त त्यही सभाबाट ओलीका तर्कलाई सैद्धान्तिक, वैचारिक र संगठनात्मक शृङ्खला सहित खण्डन गरेका थिए ।
एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा र पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सबै सरकारी सेवा-सुविधा फिर्ता गरेकी भण्डारीले भूगोल र जनसंगठनका नेताहरूसँग निरन्तर संवाद गरिरहेकी छन् ।






