नेपालगन्ज : नेपाल- भारत सीमा जमुनाहमा गरिबलाई रोकावट र धनि तथा पहुँचवालेलाई पुलिसकै स्कटिङमा तस्करीमा पास दिने गरेकाे देखिएको छ ।
तर, गरिब, निमुखा र सर्वसाधारण नागरिक माथि भने यहाँको पुलिसले असुली आतङ्क मच्चाउँदै लाठीचार्ज गर्ने गरेकाे छ ।
जमुनाहमा पछिल्लो समय तस्करी, र असुली एक अर्काका प्रर्यावाची जस्तै बनेका छन । घरायसी सामान ल्याउनेबाट समेत पुलिसले चेकजाँचका निहुँमा असुली गर्ने र मागेकाे रकम नदिए लाठीचार्ज मात्रै हाेइन सामान नै जफत गर्ने गरेकाे नागरिक बताउँछन् ।
यसमा जनपथभन्दा पनि धेरै शसस्त्र पुलिस सक्रिय देखिएका छन । शसस्त्रले सामान्य नागरिकबाट पचास रुपैया देखि ५ सयसम्म असुली गर्ने गरेका छन ।
नागरिकमाथि अपशब्द प्रयाेग गर्ने, हातपात गर्नेदृखि चरम दादागिरी मच्चाउँदै असुली गर्ने तर धनी र पहुँचवालेलाई पास नै दिएर तस्करी गर्न सेटिङ्ग मिलाउनेमा जमुनाहका पुलिस सक्रिय देखिएको खुलेकाे छ ।






