नेपालगन्ज : दैलेख उघाेग बाणिज्य संघमा नयाँ समिति गठन प्रकृयामै सकस देखिँदा व्यवसायी बिचकाे आन्तरिक लफडा वाहिरै छताछुल्ल चुलिएकाे छ ।
संघका पुर्वअध्यक्षहरूकाे सिन्डिकेटका कारण नबनिर्वाचित कार्यसमितिमा पदाधिकारी चयन गर्न सकस भएकाे व्यवसायी बताउँछन् ।
संघकाे दशाै अधिबेशन बैशाखकाे अन्तिममा भएापनि अहिलेसम्म पुर्वअध्यक्षहरुकाे आपसी खिचातानीले पदाधिकारी मनाेनयनमा समस्या आइरहेकाे उवासंघ कर्णाली प्रदेश सदस्य समेत रहेका युवा व्यवसायी कुमार प्याकुरेल बताउँछन् ।

संघका केही पुर्व र बर्तमान अध्यक्षले गाेप्य रूपमा पदाधिकारीकाे नामावली तयार पारेर जबरजस्ती गरेपछि अन्य व्यवसायी आक्रोशित बनेकाे श्रोत बताउँछ ।
संघकाे नवनिर्वाचित कार्यसमितिलाई उपेक्षा गर्दै अध्यक्ष थापाले मनाेमानि ढङ्गले संघ चलायकाे पनि व्यवसायीकाे आराेप छ । यस बिषयमा वर्तमान अध्यक्ष नरेन्द्र थापासँग बुझन खाेज्दा सम्पर्क हुन सकेन ।

संघकाे पछिल्लो अबस्थाबारे अध्यक्ष बाहेक कुनै सदस्यलाई थाहा हुदैन एक सदस्यले भने ” बिधानमा ब्यबस्था भए अनुरूप कार्यसमितिकाे बैठक मासिक रूपमा बस्नुपर्ने हाे तर अहिलेसम्म एउटा पनि मिटिङ्ग बस्न सकेकाे छैन ।”
असक्षम नेतृत्व र पुर्व अध्यक्षहरूकाे प्रत्यक्ष हस्तक्षेपका कारणले उघाेग बाणिज्य संघले सस्थागत गति लिन सकेकाे छैन उनी बताउँछन् ।
संघकाे बिधानकाे धारा १८ काे गठन र अन्य ब्यबस्था अनुरूप ६ नम्वर बुदामा कार्यसमिति निर्वाचित पश्चात् पहिलाे बैठक १५ दिन भित्र बसिसक्नुपर्ने उल्रलेख छ ।
पहिलाे बैठकमै पदाधिकारि चयन गरिसक्नुपर्ने बिधानमा अनिवार्य ब्यबस्था भएपनि बिधानकाे उक्त धाराकाे धज्जि उडाइएकाे देखिएको प्याकुरेल बताउँछन् ।
संघकाे कुनै पनि निर्णय गर्दा कार्यसमितिका सदस्यसँग छलफलनै नगरि पुर्व अध्यक्षहरूकाे काेठे बैठकमा निर्णय हुने गरेकाे पनि व्यवसायीकाे आराेप छ ।
संघकाे आन्तरिक विवादले यहाँका कर्मचारीमा समेत असर पसगेकाे भनिएको छ । यहाँ कार्यरत तिनजना कर्मचारीले ४३ महिनासम्मकाे तलब नपाएको एक सदस्य धुर्ब बिक्रम थापा बताउँछन् । उनले भने “संघकाे दैनिक गतिबिधि ठप्प छ ।”






