ट्रेण्डिङ

नेपालगन्ज : बाँके एमाले भित्रकाे ” सुनिर समुह” काे दादागिरी, अराजकता र खुराफात अझै राेकिएकाे देखिदैन । जसकाे पछिल्लो उदाहरण संगठित सदस्यकाे सदस्यता नविकरण अभियानले पनि स्पष्ट पारेकाे छ ।

५ हजार बढी संगठित सदस्य रहेकाे बाँकेमा अहिलेकाे अभियानमा ३ हजार दुइ सय जनाले मात्रै  नविकरण गरेकाे बाँके एमालेका सचिवालय सदस्य समेत रहेका कार्यालय सचिव कृष्ण थापा नै बताउँछन् ।

उनकाे याे रेकर्डिङले पनि सुनिर समुहकै अराजकता र खुराफातले सदस्यता नविकरणमा संगठित सदस्यले चासाे नदेखाएको बुझ्न सकिन्छ ।

यसले बाँकेमा एमालेकाे संगठन र संगठित सदस्यकाे मापन अन्य दलभन्दा कमजाेर देखिएकाे अर्का एक जिल्ला कमिटी सदस्य बताउँछन् ।

थापाका अनुसार सदस्यता नविकरणकाे म्याद असार २५ सम्म थियाे । तर, संगठित सदस्य विगत जस्तै नविकरणमा नआएपछि अहिले असार मसान्तसम्मका लागि समय थपिएकाे भनिएकाे छ ।

केही  सदस्यले सदस्यता नविकरण गर्न ताेकिएकाे रकम बुझाए पनि गुट/ उपगुट खुराफात र व्यक्तिगत रिसिईभिले सदस्यता नविकरण नगरी फिर्ता पठाएकाे पनि खुल्न आएकाे छ ।

अध्यक्ष निरक गुरुङकाे ठाडाे निर्देशनमा सदस्या नविकरणमा केहीलाई राेक लगाइएको जिल्ला कमिटीकै एक सदस्य बताउँछन् ।

हुन त गत अधिवेशनमा आफुलाई सहयाेग नगरेकाे भन्दै केही सक्रिय संगठित सदस्यलाई स्पष्टीकरण साेध्ने र कारवाहीकाे नाैटङ्कीमय धम्की दिदै आएका छन ।

तर, उनले न स्पष्टीकरण लिन नै सकेका छन नत कारवाही नै गर्न  दम देखाएका छन । असहयाेग गरेकै निहुँमा अनावश्यक कारवाहीकाे प्रचार गरेर गुरुङले सदस्यता नविकरणमा राेक लगाउँदा बहुमत संगठित सदस्य नविकरण गर्नबाट बन्चित बनेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय