ट्रेण्डिङ

नेपालगन्ज : नेपालगन्जका सबै सडक पार्किङ स्थल हुन् । सडकका दुवैतिर कार, जिप, मोटरसाइकल र स्कुटीको अव्यवस्थित पार्किङले सडक साँघुरो भएको छ । नेपालगन्ज मेडिकल कलेजले त सुर्खेत राेडकाे सडक नै कब्जा गरेकमे छ । सडकमै साना, मझौला र ठुला गाडी मात्रै हाेइन एम्बुलेन्स समेत जताततै राेकिने गरिएको छ । तर, नेपालगन्ज उपमहानगरपालिका भने चुपचाप छ । मेडिकल कलेजसग उपमहानगरपालिकाले पार्किङ वाफत रकम लिने गरेकमे खुलेकमे छ । यद्यपि यस बिषयमामेयर प्रशान्त विष्ट उदासीन देखिएका छन । नगरले राखेका नगरपुलिस समेत देखे पनि नदेखे जस्तै गरिरहेका छन ।पैदल हिँडडुलदेखि सडक पार गर्दा दुर्घटनाबाट जोगिनुपर्छ । सडक फराकिलो छ तर पार्किङ जथाभावी छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सडकमा गाडी पार्किङ गराएर लामाे समयदेखि कर लिँदै आएको छ । पछिल्लो समयमा गाडी, मान्छे धेरै भएकाले अव्यवस्थित बन्दै जाँदासमेत उपमहानगरपालिकाले पुरानै ढंगबाट कर लिइरहेको छ । व्यस्त सडक जाम भइरहँदा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सास्ती छ । पार्किङले साँघुरो बनाउँदा गाडी चलाउनसमेत जोखिम रहेको चालक बुद्धि बरालले बताए । जसले जहाँ जस्तो ठाउँमा पनि गाडी राख्ने गर्छन् । सडकका दुवैतिरको छेउमा पार्किड गर्दा पैदल यात्री र व्यापारीलाई समस्या परेको छ । ‘पसल अगाडि गाडीले ग्राहक आउने बाटो छेक्दा राम्ररी व्यापार गर्न पाइँदैन’, व्यापारी शारदा बरालले भनिन्, ‘गाडीले पसल नै छेकिदिन्छन् ।’ सडक पेटीमा पनि मोटरसाइकल र स्कुटीले पैदल हिँड्ने यात्रीलाई समेत असर पुगेको छ । समयमै गन्तव्यमा पुगिने ठाउँमा अहिले घण्टौं समय खर्चिनुपर्ने अवस्था छ । पहिले पार्किङले खासै समस्या परेको थिएन । अहिले गाडीको चाप धेरै भएकाले कठिनाइ भएको उनले बताइन् । हिँडडुल गर्ने यात्रु एकापसमा ठोक्किनुपर्ने अवस्था छ । यसकाे व्यवस्थापनमा उपमहानगर र टाफिक पुलिस उदासीन देखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय