ट्रेण्डिङ

नेपालगन्ज : बाँकेका सिडिओे धर्मराज जाेशी जिल्ला प्रशासन कार्यालमा हाजिर भएदेखि नै बिवादीत बनिरहेका छन ।

शुरुआतमा आफू मातहका सबै निजामती कर्मचारीलाई खलासीकाे संज्ञा दिदा आलाेचित बनेका जाेशी त्यसपछि हरेक इभेन्टमा बिवादी बनेका छन ।

पत्रकार आशिष मल्ललाई बिना कारण पक्राउ गरि थुनामा राखेपछि सपडिओे जाेशीकाे असली हर्कत सार्वजनिक भएको थियाे ।

जेनजी आन्दोलनमा ज्यान बचाउन सकस भएपछि सुरक्षा संयन्त्रको शरणमा पुगेका सिडिओ जाेशीले सिडिओेकाे पद र सुरक्षा संयन्त्रको बलमा पछिलसमय फेरि पत्रकारमाथि जाँईलागेर दुर्ववहार समेत गरेकाे घटनाले यतिबेला बाँके तातिरहेको छ ।

समाचार संकलनमा गएका पत्रकार गाेबिन्द शर्मा माथि दुर्ववहार गर्नु, फाेटाे खिच्न नदिनु प्रशासन मिडिया मैत्री हुनुकाे साटाे अराजक बन्नु, आफ्ना बिरुद्ध लेखेबाेले र आलाेचना गरे थुनिदिने धाकधम्की लाउनुले जाेशीकाे खासियत छलङ्ग भएको छ ।

बाँके सिडिओे जाेशीका यी र यस्ता हर्कतले यहाँ स्थित दर्जनबढी अधिकारवादी संस्थाले समेत बिज्ञप्ती निकालि सिडिओ जाेशीलाई मिडपयामैत्री हुन र आफ्नाे पदीय जिम्मेवारीमा बसी नागरिक सेवामा लाग्न भनेका छन ।

यदि फेरि पनि यस्ता हर्कत काेही कसैमाथि सिडिओबाट भएको  त्यसकाे बहुमुल्य नतिजा प्रशासनले व्यहोर्नुपर्ने उक्त संयुक्त बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय