ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे डुडुवा गाउँपालिकामा केही दिन यता अशान्ति मच्चिएको देखिएको छ । पालिकामा ताेडफाेड गर्ने, लफडा गर्नेमा दलिय गिराेहकाे  सक्रियता पनि देखिन्छ ।

यसले आम नागरिकले पालिकाबाट पाउने सेवा सुविधा सहज र नियमित पाउन नसकेकाे अबस्था छ । तर, याे अशान्ति र लफडा जेनजीका नाममा भएको भने देखिदैन ।

यहाँ राजनीति  र व्यक्तिगत पुर्वाग्रहीकाले एमाले लगायत केही दल निकट नेता, कार्यकर्ताले अशान्ति गरेकाे र हुलधङ्गा मच्चाएकाे सामाजिक सन्जालमा छरपस्ट तस्बिर भिडियाेेले समेत स्पष्ट पारिरहेका छन ।

जुन अशान्ति बनाउने काममा एमालेका नेता भनिने पुर्व साँसद समृत रहेका बिजय यादव र जसपाका नेता भण्डारी लाल यादवकाे संलग्नता देखिएको भनिएको छ ।

काङ्ग्रेसका नेता नरेन्द्र चाैधरी नेतृत्वको डुडुवा गाउँपालिकाले विस्तारै विकासकाे फड्को मारिरहेका बेला राजनीति र व्यक्तिका पुर्वाग्रहीीले गरिएको यस्ताे खाले हर्कतले यहाँको विकास पुर्वाधार निर्मादेखि सेवा प्रवाहमा समेत असर पारिरहेकाे डुडुवाबासी बताउँछन् ।

हरेक पालिकामा पालिका प्रमुखका लागि आवास वा रेष्ट रुमकाे व्यवस्था हुन्छ । यहाँ पनि चाैधरीका लागि याे सुविधा नभएको हाेइन । पालिकामा अशान्ति मच्चाउने समुहलाई विना अनुमति कसैकाे आवासमा जाने अधिकार हुदैन ।

तर  यहाँ केही अराजक समुहले जबरजस्ती पालिकामा रहेकाे जनप्रतिनिधिकाे आवासमै छिरेर व्यक्तिको चरित्र हत्या गर्ने र पालिकाकै बदनाम गर्ने काम गरेकाे डुडुवा गाउँपालिकाकै स्थानीय नै नाम नछाप्ने शर्तमा बताउँछन् ।

उनीहरूका अनुसार यी सबै गतिविधि  पालिका अध्यक्ष र  पालिकाकाे बदनाम गर्न गरिएको सुनियोजित याेजना हाे । यसमा भनिएका र सामाजिक सन्जालमा हालिएका धेरै  कुरा असत्य र चलखेलका हुन ।

अहिले पालिकाले यहाँ उद्वण्ड मच्चाउने नेता र केही दलनिकट कार्यकर्ताकाे लिष्ट तयार पारिरहेकाे छ । उनीहरूकम नाममा केही सातामै ताेडफाेड, आगजनी प्रयास लगायतका शिर्षकमा उजुरी दर्ता हुने भएको पालिका श्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय