ट्रेण्डिङ

नेपालगन्ज : यसअघिका हरेक एसपी बिवादीत र असफल तथा असक्षम बन्दै आएकाे बाँके प्रहरीमा अहिले कमाण्डरका रूपमा एसपी अङ्गुर जिसीलाई जिम्मेवारी दिइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा कार्यरत एसपी जिसीले यतिबेला बाँके प्रहरीकाे कमाण्ड सम्हालेका छन ।

उनी अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृत मानिन्छन । तर, हेरक एसपी विवादीत र नागरिकलाई  सुरक्षाकाे प्रत्याभुति दिलाउन असफल हुने गरेकाे बाँकेमा अब उनकाे पनि अग्नी परीक्षा शुरु भएको छ ।

याे परिक्षामा सफल हुने वा पहिलेका झै असफल र बदनामी हुने त्याे त केही समयपछि उनका गतिविधिले स्पष्ट देखाउने नै छ । आशा गराै बाँकेमा नागरिकले उचित सुरक्षा महशुस गर्ने छ र बाँके पुलिस नागरिकमैत्री हुनेछ ।

यद्यपि बाँके आउने हरक एसपीकाे पहिला प्रााथमिकतामा अपराध नियन्त्रण, नदीजन्य लगायत अन्य अबैबस्तु आर्यात र निर्यात राेकथाम, लापसे र मापसेकाे निगरानी लगायतका बिषयनै परेका हुन्छन । तर, यी कुनै पनि बिषयमा यहाँ रहँदा उनीहरूले सफलता र लक्ष्य पूरा गर्न सकेकाे देखिदैन ।

यी शिर्षकमै यसअघिका हरेक एसले करोडौं कुम्ल्याएर जाने गरेकाे तिताेसत्य जगजाहेर नै  छ ।  अहिलेका एसपी जिसीकाे प्रााथमिकता र काम भने हेर्न बाँकी नैछ ।

पत्रकारलाई साक्षी  किनारामा राखेर पत्रकार भेटघाटका नाममा जिसी आफ्ना याेजना, रणनीति त सार्वजनिक गर्लान तर, कति पूरा हाेलान कति नहाेलान याे उनीमाथि अहिलेदेखि शुरु भएको   परिक्षापछिकाे नतिजाले देखाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय