ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे डुडुवा गाउँपालिका विकास पुर्वाधार र समृद्धिका हिसाबले अब्बल बन्दै गएको देखिएको छ । पालिकाकाे शिर एयरपोर्ट देखि तिर हाेलियासम्मका सबै सडक कालाेपत्रे हुँदै छन ।

काङ्ग्रेसका नेता नरेन्द्र चाैधरीकाे नेतृत्वमा पालिका बनेपछि अहिलेसम्मकाे कार्यसम्पादन र विकासलाई हेर्दा डुडुवा अब्बल बनिरहेकाे देखिएको हाे ।

विगतमा हिलाम्मे र धुलाम्मे हुने सडक कालाेपत्रे भएका छन । साँघुरा सडक फराकिला बनेका छन । शिक्षा, स्वास्थ्य खेलकुद लगायत क्षेत्रमा डुडुवाले फड्को मारिरहेकाे छ ।

नागरिकले सहज र प्रभावकारी रूपमा सेवा सुविधा पाउँदै आएकाे स्थानीय बताउँछन । विगतमा विकट मानिने  डुडुवा गाउँपालिका अहिले सुगम र विकसित पालिकाकाे सुचीमा दर्जिएकाे छ ।

पालिकाले किसानका लागि चाैपायकाे गणना र विमा गर्ने, स्थानीय किसानकाे दूध संकलन केन्द्र स्थापना, कृषिमा बिउबिजन भण्डार, शितभण्डार निर्माण, कन्या मुद्दती शिक्षा याेजना कार्यक्रम लागू, संस्कार सहितकाे शिक्षा अनिवार्य लागू, सबै वडामा खानेपानी व्यवस्थापन लगायतका विकास पुर्वाधार नियमित चलिरहेका छन ।

डुडुवाका १३९ गाउँमा जताततै सडक बिस्तार, १५१ फिटकाे शिवप्रतिमा निर्माण, रामनगर पाझा, चाैफेरी, बाेडर चाैफेरीमा बिधुतिकरण, पदमपुरमा पिकनिङ्ग  पार्क निर्माण गरिएको छ ।

पालिका अध्यक्ष चाैधरीकै सक्रियतामा अहिले पनि करोडौंका याेजना चलिरहेका छन । जेष्ठ नागरिक अस्पताल, सभागृह निर्माण भैसकेका छन । याे पालिका सरकारकाे कार्यसम्पादन मुल्यांकनमा सधैं  बाँकेमै पहिलाे हुने गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय