ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे राप्तीसाेनारी गाउँपालिकाकाे झिझरी खाेला किनारमा निर्माण गरिएको सरकारी पुर्वाधार प्रयाेगमा आउन नसक्दा जीर्ण बनेकाे छ ।

संघीय सरकारकाे करोडौं लगानीमा निर्माण गरिएको उक्त पुर्वाधार नत प्रयाेगमा आएको छ नत यसकाे कहीँ कतैबाट कसैले सुरक्षा नै गरेकाे छ । यसले अहिले यी पुर्वाधार अलपत्र परेका छन ।

वन मन्त्रालयकाे करपब ७/८ कराेड लागतमा बनाइएका यी पुर्वाधारकाे उचित रेखदेख नहुँदा यहाँ जडान गरिएका पङ्खा, बिजुली चाेरी भएका छन ।

यतिमात्र हाेइन यहाँका सबै भवन ताेडफाेड समेत हुँदा करोडौंको राज्यकाे लगानी वालुवामा पानी जस्तै भएको छ ।

वन मन्त्रालयले कर्मचारीकाे तालिम, प्रशित्रण र कार्यालय सन्चालनका लागि भनेर उक्त पुर्वाधार निर्माण गरेकाे भनिएको छ ।

यद्यपि वन मन्त्रालयकै उदासीनता, लापरवाहीले अहिले यी पुर्वाधार जीर्ण बनेका हुन । यसकाे संरक्षणका लागि चाैकिदार समेत छैन  । यी भवन सम्बन्धित निकायलाई निर्माण कम्पनीले हस्तान्तरण  समेत नगरेकाे स्थानीय बताउँछन् ।

तीन बर्षअघि बनेका यी पुर्वाधार राज्यले सदुपयोग गर्न सक्दैन भने स्थानीय नागरिक वा तहलाई उपलब्ध गराउनुपर्ने लुम्बिनी प्रदेश साँसद कृष्णा केसी बताउँछिन् ।

तर, यसै क्षेत्रका संघीय साँसद भनिएका “सुनिर समुह”का खुराफाती नेता सुर्य ढकाललाई यसकाे कुनै जानकारी र चासाे नै नभएको स्थानीय ढकेरीबनसी बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय