ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकाकाे सुर्खेतराेड नै सबैभन्दा बढी दुर्गन्धित भएको देखिएको छ ।

सडक किनारमा थुपारिएकाे फाेहाेर उठाउने तर्फ उपमहानगरपालिका र सम्बन्धित वडापालिकाले ध्यान दिएको देखिदैन ।

जसका कारण सडकमा आवतजावत पैदल  हाेस सवारी यात्रुले नाकमुख छाेप्नुपर्ने अबस्था आएको देखिएको छ  ।

नेपालगन्जका जमुनाह जाने सडक महेन्द्र बहुमुखी क्याम्पस अघिकाे सडक किनारमै फाेहाेरजन्य बस्तुकाे डङ्गुर छ ।

तर  यसकाे व्यवस्थापनमा स्थानीय पालिका उदासीन देखिएकाे छ । जसले आम नागरिकलाई सास्ती भैरहेकाे छ ।

यहाँ थुपारिएकाे फाेहाेर कुखुरा पसल र कुइएकाे तरकारी र मासुजन्य पदार्थ भएको स्थानीय नै  बताउँछन् । याेसँगै उपमहानगरपालिकाका विभिन्न वडामा यस्तै समस्या देखिएको छ ।

क्याम्पस अघि फाेहाेरकाे डङ्गुर हुँदा यसले क्याम्पसलाई समेत असर पारेकाे महेन्द्र बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति माधव खत्री बताउँछन् ।  उपमहानगरपालिकाले ततकाल याे फाेहाेर उठाउनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय