ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे जमुनाहमा रहेकाे स्वास्थ हेल्थ डेक्सविगत तीन महिनादेखि अलपत्र  देखिएकाे छ । यहाँ कार्यरत कर्मचारीलाई दुई महिनादेखि तलब नदिएपछि कर्मचारीले काममा समेत जाँगर देखाएका छैनन ।

जनजी आन्दोलनका क्रममा आगजनी भएको हेल्थडेक्स मर्मत हुन सकेकाे छैन । तर, कर्मचारी हेल्थडेक्स बाहिर टेबुल राखेर बस्ने गरेकाे हेल्थडेक्सका कर्मचारी सुनिता शर्मा बताउँछिन् ।

उनका अनुसार साउन यता जनस्वास्थ्यले नत तलब दिएको छ नत खानेपनी र बिजुलीकाे पैसा नै दिएकाे छ छ । उनले भनिन ” हामी  नियमित काम गरिरहेका छाै कार्यालयले वेवास्ता गरेकाे छ ।”

शर्मा अहिले पानी र बिजुलीकाे बिल तिर्नका लागि रकम माग गर्न जनस्वास्थ्य र नेपालगन्ज उपमहानगरपालिकाकाे स्वास्थ शाखामा धाउँदै गरेकी छन ।

यता जनस्वास्थ्यका एक अधिकारीले जमुनाह डेक्समा रहेका अस्थायी कर्मचारीलाई साउन देखि काम नगर्न भनिसकेकाे बताएका छन ।

जमुनाहका कर्मचारीलाई काम नगर्न भनिएकाे छ उनले भने ” कर्मचारी छैनन, काम छैन कसलाई दिने रकम ?”

तालुक अड्डाले काम नगर् भनिसकेपछि बाहिर टेवल राखेर काम गरिरहेकाे भन्नू उहाँहरुकाे व्यक्तिगत कुरा हाे । उनले थपे “अफिसले काम गर्न भनेकाे छैन ।”

यतिबेला जमनाह हेल्थडेक्समा त्यहीँ कार्यरत कर्मचारी बिच फाटाे आउन थालेकाे देखिएकाे छ ।

यहाँ  १२ जना कर्मचनरी कार्यरत थिए । तर, जनस्वास्थ्य कार्यालय समस्या समाधान र कर्मचारी व्यवस्थापनमा उदासनै देखिएकाे छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय