ट्रेण्डिङ

नेपालगन्ज : आफुलाई सेलिब्रेेटी सम्झने र दलका जनप्रतिनिधिदेखि कर्मचारीलाईलाई हप्काई दप्काइ  आफ्नै कामुमा राख्न खाेज्ने बाँकेका सिडिओ धर्मराज जाेशी र  समग्र सुरक्षा संयन्त्रको  यतिबेला निदहराम भएको छ ।

जेनजी आन्दाेलनसँगै दशैकाे दुर्गामुर्ति बिसर्जनका समयमा भएको स्थानीय बिचकाे झडपले अहिलेसम्म सडक तताइरहँदा सिडिओे जाेशीदेखि समग्र सुरक्षा संयन्त्रको निदहराम भएको  हाे ।

दुर्गामुुर्ती बिसर्जनमा भएको  झडपमा घाइतेका स्थानीयलेअहिलेसम्म उचित न्याय र आबश्यक उपचार समेत नपाएपछि जिल्ला पुलिसदेखि सिडिओे अफिसमा समेत स्थानीयले नाराजुलुस सहित घेराउ गरिरहेका छन ।

यसले बाँकेका सुरक्षा अधिकार तनावमा देखिएपनि समस्या समाधान र स्थानीयका माग सम्बाेधन गर्न नसकेकाे घाइतेका आफन्त बताउँछन् ।

दुर्गामुर्ति बिसर्जमा  क्रममा दंगा गर्ने दंगाईहरुलाई कार्यवाहीको मांग गर्दै ॐ कार परिवार बाँकेले समेत सिडिओ अफिसलाई  ज्ञापन पत्र बुझाएको भनिएकाे छ । यता बाँके पुलिसले भने पीडितकाे जाहेरी समेत दर्ता गर्न नमानेकाे बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय