ट्रेण्डिङ


नेपालगन्ज : बाँके मालपोत कार्यालयमा आर्थिक चलखेल रोकिएको छैन। ‘पैसा नखुवाइ त यहाँ कामै हुँदैन,’ एक सेवाग्राहीले भने, ‘यहाँ काम गराउन साह्रै गाह्रो छ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीलाई दर्जनौं पटक घुससहित पक्राउ गरेको छ।

धेरैलाई भ्रष्टाचारको आरोपमा मुद्दा पनि दायर भएको छ। तर मालपोतका कर्मचारीले घुस खान, भ्रष्टाचार गर्न नछाडेको सेवाग्राही दुखेसो पोख्छन्। जग्गा रजिस्ट्रेसन पास गर्न आएका एक सेवाग्राहीले भने, ‘के गर्नुृ हुन्छ, तपाईंहरू जतिपल्ट आउनुहोस्, अख्तियारले जतिसुकै समातोस्, यहाँ घुस खान छाड्दैनन, के गर्नु हुन्छ।’ उनले आफूले पैसा खुवाएरै काम गराएकाे बताए । यस वारे मालपाेत हाकिमलाई गुनासाे गर्दा सुनुवाइ हुदैन सिडियाे अफिस उदासीन छ नागरिकले सास्ति पाइरहेका छन ।

पछिल्लो समय मालपोत, नापी कार्यालयमा भू-सेवा प्रणाली लागू गरिएको छ। भू-सेवा प्रणालीमा दर्ता भएका लेखापढी व्यवसायीलाई लाइसेन्स दिएर नै बिचौलियाको काम गर्न अनुमति सरकारले दिएको छ।

लाइसेन्स लिएका बिचौलिया अर्थात् बिचौलियाको सिन्डिकेटले पछिल्लो समय लेखापढीको काम गर्छन्। नेपालगन्जमा सय बढि लेखापढी व्यवसायी छन्। उनीहरूले सेवाग्राहीसँग पैसा लिएर काम गराउने गरेका छन्। वैधानिक रुपमा भू-सेवा प्रणालीमा दर्ता भएर उनीहरूले काम गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय