ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज यतिबेला जुवा अखडाका रूपमा देखिएकाे छ । बिशेषगरी नेपालगन्जका घरानिया र सरकारी कर्मचारी जुवाखालमा भेटिन थालेका छन ।

बाँके प्रहरीका अनुसार नेपालगन्जकाे बाइपास राेडमा रहेका एक हाेटलमा जुवा खेलिरहेकाे अबस्थामा गए राती १४ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा एक जना प्रहरी छन ।  यहाँबाट १३ लाख नगद बरामद गरिएको भनिएको छ ।

उक्त जुवाखालमा नेपालगन्जका प्रतिष्ठित व्यक्तिसँगै व्यवसायी र पुलिस नै नियन्त्रणमा परेका छन ।

उक्त  जुवाखालबाट  एक जना प्रहरी बरिष्ठ निरीक्षक ( बरिस्ठ सई) समेत पक्राउ परेकाे बाँके प्रहरी श्रोत बताउँछ । पक्राउ परेकालाई जिल्ला पुलिसकाे निगरानीमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय