नेपालगन्ज : बाँकेकाे नेपालगन्ज यतिवेला जुवाअखडाका रूपमा देखिएको छ । नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चिर्चित थियो ।
जुवानको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेको दृष्टान्त धेरै छन् ।
यहाँका नाम चलेका साना, मझौला र ठुला हाेटल, रेष्टुरेन्ट र केही घरानियाका निजि निवास जुवा खालमा परिणत भएका छन । जसमा कर्मचारी देखि व्यवसायी हुँदै पुलिसकै अधिकारीहरूकाे चलखेल , मिलेमताे खुलेकाे छ ।
पछिल्लो उदाहरणका लागि नेपालगन्जकाे बाइपासमा रहेकाे माैरी हाेटलकाे जुवाखालमा भेटिएको रकम र नियन्त्रीत व्यक्तिलाई लउन सकिन्छ ।
यहाँ बाँके पुलिसले पाएकाे विशेष सुचनाका आधारमा छापा मार्दा कर्मचारी, व्यवसायी, ठेकेदारदेखि पुलिसका अधिकारी समेत पक्राउ परेका छन । प्रहरीले यहाँबाट १४ जना जुवा खेलाडी सहित १३ लाख नगद बरामद गरेकाे छ ।
हुनत नेपालगन्जमा यसरी विगतमा पनि थुप्रै व्यक्ति पक्राउ परेका थिए । तर राजनिति दबाब, आर्थिक लेनदेन मिलानपछि पुलिसले कानुनी कारवाही विनै छाेडने गरेकाे छलङ्गै छ ।
अहिले पक्राउ परेका माथि भने बाँके एसपी अङ्गुर जीसीले कारवाही अघि बढाउँछन वा पुरानै शैलीमा छाेडछन याे भने हेर्न बाँकी नै छ ।
गएराती पक्राउ परेकालाई छुटाउन र उनीहरूकाे नाम समेत सार्वजनिक नगर्न बाँके पुलिसलाई दल निकट कृही नेताबाट दबाब समेत आउन थालेकाे पुलिस श्रोत बताउँछ ।
बाँके पुलिस दलिय दबाब र आर्थिक प्रलाेभनमा परेकाे खण्डमा उनीहरू कारवाहीविने छुटने निश्चित देखिएकाे छ । अहिले बाँकेकाे नेपालगन्जका बसपार्क, गणेशपुर, आदर्शनगर, फुल्टेक्रा लगायतका क्षेत्र बिशेषत जुवा अखडाका रूपमा चर्चामा आएका छन ।
यता बाँके प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी दीपक पातलीले माैरी हाेटलबाट १४ जना सहित नगद बरामद भएको र उनीहरू माथि जुवा ऐन अन्तरगतरग कानुनी कारवाही हुने प्रतिक्रिया दिएका छन ।
प्रहरीको काम कानून विपरित कार्य गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो। सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा लागेपछि त्यसको परिणाम कस्तो आउला ?
गलत काम गर्नेहरुका लागि यस्तो कार्य जायज लाग्न सक्ला। सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भने यो कुरा पाच्य हुँदैन तर, बाँकेमा प्रहरी आफै संरक्षणक बन्दै आफ्ना घुमुवालाई नै ‘जुवा अखडा’को ड्यूटीमा खटाउने पुरानै चलन हाे ।
यसले प्रहरीप्रतिको विश्वास र हेर्ने दृष्टिकोण बदलिएको छ। हुन त यसअघि पनि यस्ता समाचारहरु नआएका भने होइनन्।
यद्यपी यस्ता दृष्यहरु घट्नुका साटो बढिरहेको नेपालगन्जबासीहरु बताउँछन्। नेपालगन्जमा बाँके प्रहरीकै संरक्षणमा मिनी क्यासिनो झैं ‘जुवा अखडा’ चलिरहेको नेपालगन्जबासीको भनाई छ।
बाँकेमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालन हुँदा कतिपयको उठीबास हुने अवस्था सिर्जना भएको पुगेको छ।
‘जुवा अखडा’को संरक्षण मात्रै नभएर जुवाखेेलमै प्रहरीका बरिष्ठ सई समेत सक्रिय देखिनुले बाँकेका जुवाखालमा प्रहरीकाे मिलेमतो र सेटिङ्ग छ चन्ने स्पष्टीकरण पारेकाे नागरिक बताउँछन् ।






