नेपालगन्ज : बाइपास राेडकाे माैरी हाेटलबाट पक्राउ परेका १४ जना जुवाडेलाई ७ दिन म्याद थप गरिएको छ ।
बाँके प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई जिल्ला अदालतले ७ दिनकाे म्याद थप गरि अनुसन्धान गर्न भनेकाे छ ।
१३ लाख ६३ हजार नगद सहित पक्राउ परेपछि उनीहरूलाई बुधवार राती जुवाखालबाटै नियन्त्रणमा लिइएको र बिहीवार ७ दिनका लागि म्याद थप गरि थुनामा राखेकाे बाँके प्रहरीका डिएसपी दीपक पातली बताउँछन् ।
बाँके प्रहरीकैले उनीहरूकाे नामसहित ठेगाना समेत सार्वजनिक गरिसकेकाे छ ।






