ट्रेण्डिङ

नेपालगन्ज : भुमि समस्या समाधान आयाेग अन्तर्गत बाँकेमा अहिलेसम्म १ हजार १ सयकाे हाराहारीमा लालपुर्जा बितरण गरिएको भनिएको छ ।

जसबाट करपब ६ कराेड राजश्ज सरकारी खातामा दाखिला भएको छ । तर, यसरी बितरण गरिएका लालपुर्जा नापी र मालपाेतमा रजिस्टेेशन हुन नसक्दा  लालपुर्जाले  आधिकारिकता पाउन सकेका छैनन् ।

बाँके आयाेगकाे लापरबाही, ढिलासुस्तीले समयमै यी लालपुर्जाकाे वितरण पठाउन नसक्दा मालपाेतमा रजिस्ट्रेेेशन हुन सकेकाे मालपोत बाँकेका अधिकारी बताउँछन् ।

आयाेग बाँकेमा घननाथ खनालकाे नेतृत्वले लालपुर्जा बाँडेकाे भाैकमल धेरै  मच्चाएपनि मालपोतमा रजिस्ट्रेेेशन गराउन चासाे नदिदा ती पुर्जा अर्थहीन जस्तै बनेका छन ।

जेनजी आन्दोलनले नापी र मालपाेत सबै जलेर नष्ट भएकोले आयाेगले अब फाइल पठाए पनि तत्काल रजिस्ट्रेेेशन गर्न सक्ने अबस्था नभएको नापी/ मालपाेतका अधिकारी बताउँछन् ।

यता आयाेग बाँके अधिकारी ठाकुर भुषाल बितरण गरिएका लालपुर्जाकाे लगत विवरण मालपाेतमा रजिस्ट्रेेशनका लागि पठाउने तयारी भैरहेकाे बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय