ट्रेण्डिङ

नेपालगन्ज :  खराे तर, स्पष्ट बाेलीका कारण विवादित बनेका बाँकेका सिडिओ धर्मराज जाेशी पछिल्लो समय ” स्टाेङ्ग” बन्दै गएका छन ।

केही स्वघाेषित नागरिक अगुवाले जाेशीकाे स्वभाव पचाउन नसक्दा बिराेध गर्दा बाँकेका राजनीति दल, सर्वसाधारण नागरिक, कर्मचारी संघ/ संगठन उनकाे पक्षमा देखिएपनि अहिले सिडिओ जाेशी स्टाेङ्ग र टाइगर टाइप प्रशासकका रूपमा दर्जिएका छन ।

विगतका केही सिडिओहरुले नागरिक अगुवा भनिएकासँग सेटिङ्ग मिलाउने, हाइहेलाे गर्ने, उनीहरूकाे इशरामा चल्ने गरेपनि जाेशीले यस्ताे गरेनन र उनी विवादीत बनाइए एक कर्मचारी संगठनका पदाधिकारीले भने ” सिडिओेले यी नागरिक अगुवालाई वास्ता नगर्दा उनीहरू तनावमा भएर विराेध जनाएका हुन ।

नेपालगन्जमा यसअघि बाँके आउने सिडिओ र एसपीआई क्याफेमा बाेलाउने स्वागत गर्ने र आफ्ना स्वार्थ पूरा गर्दै प्रशासन नै आफुले चलाएकाे झै भाैकाल मच्चाउने प्रचलन थियाे । अहिले याे भएन उनले भने” कतिपयकाे सेटिङ् भत्कियाे, आम्दानी घट्याे, नियम भाैकाल मच्चाउन पाइएन अनि उनीहरू आत्तिएका हुन ।”

एनजीओकाे नाममा खेती गर्नेहरु कसरी नागरिक अगुवा र समाजसेवी हुन्छन एक दलिय नेताले भने” याे सब नाैटङ्की हाे ।”

सुचना माग्दा सुचना माग्ने प्रक्रीया हुन्छ दादाशैलीमा सुचना माग्दा दिनैपर्छ भन्ने छैन उनले भने ” पत्रकारले माग्दा त प्रक्रीया पु- याउन पर्छ भने एनजीओलाई विना प्रकृया सुचना दिन मिल्दैन ?” उनले थपे ” याे सब निहुँ खाेज्ने वहाना मात्रै हाे ।”

एकदिन केही जत्था बटुलेर उचालिदै बिज्ञप्ती निकालेर सिडिओलाई कारवाहीकाे घुर्की लाउने नागरिक अगुवा अहिले अब मिल्न पर्छ भन्दै चुपचाप रहेकाे देखिएको छ ।

यतिबेला सिडिओेका समर्थनमा सर्वसाधारण देखि कर्मचारी र एनजीओकर्मी नै सडकमा देखिन थालेपछि उनीहरूकाे हाेश मात्रै  उडेकाे छैन तनावले  धड्कन पनि बढेकाे जस्तो भएको अनुमान गर्न सकिन्छ ।

उनीहरूले गृहमन्त्रीलाई समेत बाँकेका सिडिओलाई यहीँ काम गर्न दिन र नियमित वाहेक अन्य कारण देखाएर सरुवा नगर्न चेताबनी समेत दिएका छन ।

उनीहरूले भनेका छन अब नागरिक अगुवा र एनजीओकर्मीकाे सम्पतिदेखि आचरणकाे समेत छानबिन हुनुपर्छ । यसका लागि सम्पत्ति सुदृढीकरणमा नाम किटानी सहित उजुरीकाे तयारी सर्वसाधारणकाे तर्फबाट गरिने भनिएको छ ।

श्रोतका अनुसार पत्रकारकाे खाेल ओढेर पत्रकार महासँघका एक नेताले  नेपालगन्जका दुई सरकारी निकायबाट तलब लिने गरेकाे खुलेकाेले उनीमाथि पनि छानबिन र कारवाहीका लागि प्रक्रीया अघि बढ्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय