ट्रेण्डिङ

नेपालगन्ज : जेनजी आन्दोलनका बेला आगजनी भएको बाँके एमालेकाे क्षतिग्रस्त भवन मर्मतसम्भार गरिएको छ ।

एमाले बाँके ” सुनिर समूह” का अध्यक्ष  निरक गुरुङकाे सक्रियता र पहलमा उक्त भवनकाे मर्मत गरिएको हाे ।

पासाङ्लामु मार्गमा रहेकाे पार्टी कार्यालयमा आगजनी भएपछि करिब एक महिनादेखि अगाडिको टहराेमा कामकाज हुदै आएकाे थियाे ।

तर, अहिले पार्टी कार्यालयकाे मर्मतसँगै आबश्यकीय फर्निचर व्यवस्थापन अध्यक्ष गुरुङ लागिरहेकाे र फर्निचर व्यवस्थापनपछि सबै काम कार्यालयबाटै हुने भएको छ ।

बाँके एमालेका मै हुँ भन्ने नेता चुपचाप  रहँदा गुरुङकाे प्रयासमा उक्त पार्टी कार्यालय मर्मतसम्भार भएको र  मर्मतपछि बाँके एमालेकाे पार्टी कार्यालय झनै आकर्षक र मजबुद बनेकाे देखिएको लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल ओली बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय