नेपालगन्ज : हातमा कालाेेपट्टी बाँधेर आन्दोलनमा उत्रिएका नर्सहरु बुधवार दुई घण्टा डियुटी स्टेशन नै खाली गरेेर नयाँ ढंगबाट आन्दोलित भएका छन ।
देशभरका निजि अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरु आन्दाेलनमा रहेकाे अबस्थामा सरकारी तहका नर्सले पनि उनीहरूकाे माग प्रती ऐक्यबद्वता जनाउँदै भेरी र खजुरा क्यान्सर अस्पतालमा कार्यरत नर्सले यसरी डियुटी स्टेसन नै खाली गरेर धर्नामा बसेकाे भेरी अस्पतालका नर्स झसिन्द्रा केसी बताउँछिन् ।
उनका अनुसार याे आन्दोलनमा भेरी अस्पतालका केही चिकित्सक डाकटरहरु पनि सहमति जनाउँदै सहभागी भएका छन ।
सरकारले नर्सिङ कर्मचारीकाे पनि तलब र सेवा सुविधा सरकारी सरह नै गर्नुपर्ने लगायतका माग राख्दै निजी क्षेत्रमा कार्यरत नर्सहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन ।

भेरीमा नेपाल नर्सिङ संघकाे अगुवाइमा आन्दोलन भैरहेकाे संघ बाँकेका अध्यक्ष शीला शर्मा बताउँछिन् । उनका अनुसार नर्सका माग पूरा नभए आगामी दिनमा पनि आन्दोलन चलिरहने छ ।
यसैगरी क्यान्सर अस्पतनल खजुराका नर्सपनि आन्दोलनमा छन । भेरी अस्पताल र खजुराका नर्स निजि अस्पतालमा कार्यरत नर्सका माग राज्यले तत्काल पूरा गर्नुपर्ने भन्दै आन्दोलनमा सहभागी भएमा हुन ।






