नेपालगन्ज : बाँकेकाे डुडुवा गाउँपालिकामा रहेकाे जयेन्दु बाल सुधार गृहमा फेरि लफडा भएको छ ।
गृहमा रहेका बालकबिच आन्तरिक विवाद हुँदा गए राती लफडा भएको र उक्त लफडामा संलग्न केही बालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे सुरक्षा श्रोत बताउँछ ।
क्षमताभन्दा बढी बालबिज्याइकर्ता हुनु र अधिकांश उमेर पुगेका व्यक्ति राखिनुले पटक-पटक झडप हुने गरेको प्रतिवेदन समितिहरुले दिँदै आएका छन् ।
सुधारगृहमा पहिल्यैदेखि दुई समूहबीच विवाद हुने गरेको देखिन्छ । दुई समूहबीच सुधारगृहभित्र बस्ने, खेल्ने, सरसफाइ गर्ने लगायतका विषयमा विवाद हुने गरेको देखिएको छ ।
यो विवादमा एउटा समूहले अर्को समूहमाथि आफ्नो प्रभुत्व देखाउन खोज्दा पटक/ पटक लफडा हुने गरेको सुधारगृह प्रशासनको भनाइ छ ।
विगतमा भएका स्थलगत अध्ययन प्रतिवेदनले दिएको सुझाव र निर्देशन कार्यान्वयनतर्फ सरकारले ध्यान नदिँदा पटकपटक पुरानै नियति दोहोरिँदै आएको छ ।
गृहमा रहेका रहेकी विमला काउछालाई जिम्मेवारीबाट हटाएपछि अहिले उकङगृह एक जना सुब्बाकाे भरमा छ । गृहकाे प्रशासनिक काम फितलाे भएको कारणपनि अहिले लफडादेखि विभिन्न समस्या आउने गरेकाे देखिएको छ ।






