नेपालगन्ज : जेनजी आन्दोलनका निहुँमा आगजनी र ताेडफाेड गरिएको बाँके एमाले पार्टी कार्यालय पुर्ननिर्माणका लागि सहयाेग स्वरूप रकम उठिरहेको छ ।
उक्त रकम स्वस्फूर्त उठेकाे हाे । अहिले अध्यक्ष निरक गुरुङकाे सक्रियता र पहलमा कार्यालयमा रङ्गराेगनदेखि मर्मतकाे काम भैसकेकाे छ ।
यसक्रममा सबै क्षेत्रबाट सहयाेग भए पनि प्रेस चाैतारी, अखिल, लगायतका विभिन्न भातृ संगठनबाट सहयाेग नदेखिएको एक सचिवालय सदस्य बताउँछन् ।
उनका अनुसार चाैतारीका करिब सयबढी पत्रकार आबद्ध भए पनि पछिल्लो रेकर्ड अनुसार कमल न्याैपानेले मात्रै एक हजार एक सय एक रुपैया र एक अर्का पत्रकारले केही रकम सहयाेग गरेकाे देखिएको छ ।
अवसर र पद लिदा अघि सर्ने तर, परेकाे बेला कुनै सहयाेग नगर्ने प्रबृति यहाँका एमाले आबद्ध सन्चार क्षेत्रमा पनि देखियाे उनले भने ” अब बाँकेकाे नेतृत्वले बुझ्नपर्छ ।”
बाँके एमालेका कार्यालय सचिव कृष्ण थापाले भने ” पत्रकारमा हजुर र एकजना अर्का व्यक्तिकाे मात्रै थाेरधेर सहडाेग आयाे । अरुकाे छैन ।” उनले अर्का एक पत्रकारकाे नाम भने खुलाएनन । यद्यपि निरक गुरुङ लगायतकाे ” सुनिर समूह” ले
न्याैपानेलाई कारवाही गरेकाे भन्दै अपवाह फैलाइरहेकाे छ ।
कार्यालय सचिव थापाका अनुसार याे समाचार तयार पार्दासम्म करिब ७ लाख जती आर्थिक सहयाेग जुटेकाे छ । यद्यपि मै हुँ भन्ने धेरै नेता भनिएकाले बाेलेपनि रकम दिएका छैनन । उक रकम उधाराेमा रहेकाे छ । काेकाेले बाेले तर, दिएनन अर्को अङ्कमा नाम र बाेलेकाे रकम सार्वजनिक हुनेछ ।






