नेपालगन्ज : नेकपा एमालेका केन्द्रीय सदस्य भनिएका बाँकेका खुराफाती, चम्चे, छेपाराे प्रवृतिका नेता मानिने सुर्य ढकालकाे असली चेेतना यतिबेला सार्वजनिक भएको छ ।
आफुलाई खतरा नेता सम्झने ढकालकाे भाषाशैली हेर्दा यसकाे तुलना गर्ने ठाउँ नैछैन । याे भन्दा खतम, गिरेकाे र हैसियत विहीन भाषा अर्काे हुन कहाँ सक्लार ?
उनले सामाजिक सन्जाल फेसबुकमै गायिका ज्याेति मगरका बिषयमा लेखेकाे स्टार्टस र प्रयाेग गरेकाे भाषाले ढकालकाे वास्तिवक पहिचान झल्काएकाे छ ।

ढकालले मगरलाई नग्न कलाकार भनेका छन तर गायिका मगर कहिल्यै नग्न रूपमा देखिएकी छैनन । गायिकाकाे यसरी चरित्र हत्या गर्ने ढकाललाई तत्काल कारवाही गरिनुपर्ने भन्दै फेसबुक कमेन्टमा जताततै ढकाल बिरुद्ध आलोचना भैरहेकाे छ ।

सुर्य ढकाल एमाले बाँकेमा सबभन्दा अलाेकप्रिय र जनताकाे नजरमा गिरेका व्यक्ति हुन । हरेक कुरामा खुराफात गर्ने, पार्टी संगठनका नाममा हैकम चलाउने अवसरका लागि कहिले केपी ओलीकाे आलाेचक त कहिले हनुमान बन्न खाेज्ने उनकाे स्वभावले ढकालकाे जताततै फटाहीगिरी मात्रै देखिने उनकै सहयात्री एमाले नेता नै बताउँछन् ।







