नेपालगन्ज : बाँकेकाे महेन्द्र बहुमुखी क्याम्पसमा आशिक शिक्षक व्यवस्थापनकाे सवाल यतिबेला अदालतसम्म पुगेकाे छ ।
अथक प्रयासपछि त्रिभुवन बिश्वबिद्धालयले २८ जना शिक्षकका लागि दरबन्दी दिएपनि यस बिषयकाे मुद्दा अहिले अदालतमा छ ।
जसका कमरण उक्त दरबन्दीमा आशंिक शिक्षकले सहभागी हुन नपाउने भएकत छन । मुद्दा दर्तापछि अहिले क्यामा आन्तरिक विवाद देखिएछ । केही शिक्षक मुद्दाकाे पक्षमा त केही विपक्षमा छन । क्याम्पसकाे स्वतन्त्र बिद्यार्थी युनियन मुद्दाकाे बिपक्षी देखिएकाे छ ।
उक्त मुद्दा शिक्षकका बिरुद्ध शिक्षकलृ नै दर्ता गरेकाे भनिएको छ । तर, क्याम्पसमा रहेका शिक्षकका दलिय संघ/ संगठन भने चुपचाप छन ।

बाहिर आलोचना र बिराेध गर्ने गरेेेपनि क्याम्पस हाताभित्र क्याम्पस चिफ र प्रशासनसँग सिधा कुरा गर्न नसक्ने प्राध्यापकका बिभिन्न संगठनका पदाधिकारीकाे प्रबृतिले मुखमै आएकाे दरबन्दी समेत फिर्ता हुनसक्ने देखिएकाे एक प्रााध्याया बताउँछन् ।
यता स्ववियु सभावति केशरजंग शाहीले फेसबुकमा आंशिक शिक्षक व्यवस्थापनका लागि आएको दरबन्दीका बिषयमा अदालतमा मुद्दा हाल्नु कायर्ता भएको उल्लेख गरेका छन ।
अखिलका बाँके अध्यक्ष प्रकाश बिश्जकमर्माले सभापति शाहीकाे स्टार्टसमा कमेन्ट गर्दै ” क्याम्पसका मास्टरसापहरु नसुर्धिनु हुने भयाे” भन्दै व्यङ्ग्य हानेका छन ।
यश बिषयमा क्याम्प चिफ लालमणि आचार्यले कुन प्रतिक्रिया दिएका छैनन् । अब अखादतले दिने आदेशपछप मात्रै यस बिषयमा साेही अनुसारकाे प्रक्रीया अघि बढने देखिएकाे छ ।






