ट्रेण्डिङ

नेपालगन्ज : एमलेले २९ गते देशभर झै बाँकेमा पनि जनप्रर्दशन  गरेकाे देखियाे । उक्त जन प्रर्दशनमा महासचिव शंकर पाेखरेलकाे सहभागीता थियाे । जुन कार्यक्रमकाे अहिले पार्टीकै भातृ संगठन प्रेेस चाैतारीका केही जिल्लादेखि केन्द्रीय सदस्यले समेत असन्तुष्टि जनाउँदै आलोचना गरकम छन ।

सामाजिक सन्जाल मार्फत गरिएको उक्त असन्तुष्टिमा यति विशाल कार्यक्रममा उक्त संगठन आबद्ध पत्रकारलाई नबाेलाइ उपेक्षा गरिएको भनिएको छ । हुनत यसअघिकाे एक भेलामम पनि एमाले बाँके ” सुनिर समूह” जे यस्तै उपेक्षा गरेकाे थियाे ।

त्याे बेला पनि महासचिव पाेखरेल नै सहभागी थिए । यसले पनि उक्त समुहले पटकपटक चाैतारी निकट  पत्रकारलाई उपेक्षा मात्रै नभएर महासचिवलाई नै विवादीत बनाउने गरेकाे देखिएको छ ।

सामाजिक सन्जालकाे आलोचनामा भनिएको छ कि “एमालेका २३ भातृ संगठनमध्ये सबैभन्दा सशक्त, संगठित र पेशागत रूपमा सक्रिय मानिने संरचना हो, “प्रेस चौतारी” तर विडम्बना एमालेका महासचिव शंकर पोखरेल शनिबार बाँके आएका बेला त्यही प्रेस चौतारीलाई औपचारिक रूपमा कुनै जानकारी नै दिइएन ।”

त्यहाँ थपिएको छ ”    यति ठूलो नेतृत्वको उपस्थितिमा व्यक्तिगत रूपमा गएर रिपोर्टिङ गर्नु रसंगठनका नाताले आधिकारिक जानकारी प्राप्त गरेर पत्रकारहरूलाई सूचित गर्दै पेशागत अनुशासनमा काम गर्नु । यी दुई कुरालाई एउटै मान्न सकिँदैन । तर, हिजो बाँके जिल्ला एमालेले अपनाएको व्यवहारले एउटा गम्भीर प्रश्न उठाएको छ । के एमाले बाँकेले प्रेस चौतारीलाई आफ्नो भातृ संगठन भनेर स्वीकार नै गर्न छोडिसकेको हो ?”

अथवा पार्टीको मूलधारसँग निकट भएर, पेशागत हैसियतका साथ काम गर्ने पत्रकारहरूको संगठनलाई एमालेभन्दा परको संरचना ठानिएको हो ? यस्तो प्रश्न पनि गरिएको छ ।

थप लेखिएको छ ” मौनता, बेवास्ता र औपचारिकताको अभाव—यी सबैले संकेत गर्छन् कि पार्टी र संगठनबीचको सम्बन्धमा कतै न कतै विश्वासको खाडल सिर्जना भएको छ ।

यस्तो अवस्थामा प्रश्न उठ्नु स्वाभाविक छ, “यदि प्रेस चौतारीलाई नै पन्छ्याउने हो भने एमालेको पेशागत संगठनहरूसँगको सहकार्य र सम्मानको वास्तविक परिभाषा के हो ?”

यश बिषयमा चाैतारीका अध्यक्ष कमल डाँगीले  म तत्काललाई प्रतिक्रिया बिहिन भए त दाजु, के गरु ? उल्टै  निराशाजन  प्रश्न गरेका छन । उनले थपे “म अहिले बाहिर छु । भएको के हाे बुझ्नुपर्ला ! त्यस बाहेक प्रतिक्रिया बिहिन भए त दाजै म ।” तर, बाँके एमाले ” सुनिर समूह” पनि चुपचाप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय