ट्रेण्डिङ

नेपालगन्ज  :  राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो ।

राष्ट्रिय हित एवं सुरक्षाका बारे आवश्यक खबर संकलन गर्ने र संकलित खबरहरुको अध्ययन, मुल्याङ्कन, बिश्लेषण र सम्पादन गरी सरकारलाई पूर्व जानकारी दिने उद्देश्यले स्थापित रहेको हाे ।

तर, पछिल्लो समय याे सस्थामा कार्यरत कर्मचारी उद्देश्य विपरीत अघि बढिरहेका छन । जसकाे गतिलाे उदाहरण बाँकेमा हेर्न र देख्न सकिन्छ ।

अहिले अनुसन्धानका नाममा सादा पाेशाखमा रहने उनिहरु जमुनाह नाकादेखि क्यासिनाेमा समेत असुलि धन्दामा सक्रिय देखिएकाे नागरिक गुनासाे छ । केहिदिन अघि नेपालगन्जमा भएको एक घटनामा पनि आर्थिक लेनदेन र बार्गेनिङ रहेकाे खुलेकाे छ ।

राअका एसपिकाे ठाडाे निर्देशनमा भएको बार्गेनिङ   नमिल्दा  उत्पन्न  लफडामा एक पुलिस अधिकारी कुटिएका थिए । यसले पनि राअका कर्मचारी आफ्नाे जिम्मेवारी भन्दा बहिर  जान थालेकाे सङ्केत  गर्रेन सकिन्छ  ।

भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारी हो ।  तर, बाँकेमा  यसअनुसार काम हुन सकेकाे देखिदैन  ।

राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्‍याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार हो तर, याे जिम्मेवारी राअ बाँकेका कर्मचारीले पूरा गर्न नसकेकाे जानकारहरु बताउछन ।

यद्यपि राअका कर्मचारी भने शहरभरि खटाइएका छन । दिनभरि घुम्ने तर वेलुका जनपथ, शसस्त्र पुलिससङ्ग डाटा मागेर जागिर बचाउने गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय