ट्रेण्डिङ

नेपालगन्ज :   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि लगभग देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा प्रतिनिधि छनोट भएको बताए । ‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्’, उनले पत्रकारहरूसँग भने, ‘केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।’

बाँकेमा भने पार्टी प्रतिनिधि छनोटमा सकस देखिएको छ । स्थानीय पार्टी नेतृत्वले मनपरि गर्दा सकस भएको दावी सम्बद्धको छ । ‘निर्वाचन प्रक्रियानै शुरु नगरिएकाकारण समस्या भएको हो,’ एमाले बाँकेका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति भने ‘लोकतान्त्रिक विधि प्रक्रिया विपरित कसरी हाम्रो पार्टी सबल हुन सक्छ ?

बाँकेका तीन वटै क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनोट भएको छ । तर, त्यसको प्रतिवाद गर्दै कक्षपति भन्छन्, निर्वाचन प्रक्रियानै शुरु हुन सकेको छैन ।

तर, तीन वटै क्षेत्रमा विवाद रहेको दाबी एमाले नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान नगर अध्यक्ष दत्त प्रसाद आचार्यको छ । उनका अनुसार, निर्वाचन प्रक्रिया सुरु गर्न क्षेत्र नं. २ का १६ जना दाबेदारले लिखित उजुरी समेत दिएकाले पार्टी केन्द्र र संगठन विभागबाट आवश्यक कारवाही गर्ने विश्वास गरिएको छ ।

‘निर्वाचनमा जान आँट नगर्नेहरू आ–आफै पद बाँढेर सूचि सार्वजनिक गरेका हुन्’, शनिबार अबेर साँझसम्म पार्टी कार्यालयमा निर्वाचनको कुनै प्रक्रिया अगाडि बढ्न नसकेको दाबी गर्दै प्रतिनिधि दाबेदार ऐन बहादुर हमाल भन्छन्, ‘पार्टी संगठनलाई कमजोर बनाउने गरी निश्चित गुटले एकलौटी गर्न खोजेको छ ।’

एमालेका अर्का नेता अशोक कर्माचार्यले सार्वजनिक रूपमै बाँके क्षेत्र नं. २ र ३ मा प्रतिनिधि छनोट प्रक्रिया मनोमानी ढंगले गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘

निर्वाचन प्रक्रिया प्रारम्भ नै नगरी सार्वभौम संगठित सदस्यहरूको चुन्न र चुनिन पाउने अधिकारलाई जबर्जस्ती खोसेर आ–आफ्ना नजिकका मानिसहरूको नामलाई सर्वसम्मत भनि विधि विपरित घोषणा गरिएको’ दाबी कर्माचार्यको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय