ट्रेण्डिङ

नेपालगन्ज : एघारौं महाधिवेशन (मंसीर २७-२९) को पूर्वसन्ध्यामा एमालेभित्रको शक्ति संघर्षमा उछाल आएको छ। वडा तहसम्म समूहगत प्रतिस्पर्धा गरेको एमालेभित्र प्रदेशहरूमा समेत शक्ति संघर्ष चर्को छ।

कोशी प्रदेशमा केपी शर्मा ओली र विद्या भण्डारी नै प्रत्यक्ष टक्करमा छन्। अन्य प्रदेशमा पनि त्यस्तै अवस्था छ। महाधिवेशन प्रतिनिधि छनोट भइसके पनि प्रदेशगत शक्ति संघर्षले महाधिवेशनमा प्रभाव राख्ने एमाले नेताहरू बताउँछन्।

शक्ति संघर्ष
– कोशी: केपी शर्मा ओली VS विद्या भण्डारी
– मधेश: रघुवीर महासेठ VS योगेश भट्टराई (इञ्चार्ज)
– बागमती: महेश बस्नेत VS गोकुल बाँस्कोटा
– गण्डकी: पृथ्वीसुब्बा गुरूङ VS खगराज अधिकारी
– लुम्बिनी: विष्णु पौडेल VS शंकर पोखरेल
– कर्णाली: यामलाल कंडेल VS गुलाबजंग शाह
– सुदूरपश्चिम: लेखराज भट्ट VS कर्ण थापा ।

विवादित, अलोकप्रिय र घेराबन्दीका बीच एउटा यथार्थ के हो भने, एमालेमा ओलीको जस्तो राष्ट्रव्यापी प्रभाव पार्न सक्ने हैसियत भएको अर्को नेता छैन, यतिबेला।

त्यसैले चुनाव होस् वा पुनःस्थापनाको मुद्दा, रक्षात्मक हुँदा होस् वा अरू कुनै एजेन्डा ‘सेटिङ’ गर्नुपर्दा एमाले ओली ‘ब्रान्ड’मै निर्भर हुने देखिएपनि यसकाे बिकल्प जरुरी  भनिएको छ ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेलले जननेता मदन भण्डारीसँग सहकार्य गर्दाको तस्वीर सार्वजनिक गरेका छन्।

पछिल्लो समय ओलीले मदन भण्डारीका योगदान लत्याउँदै जाँदा जनताको बहुदलीय जनवादको असली हकदार आफू भएको पोखरेलले दावी गर्दै आएका छन्। पोखरेल विद्या भण्डारी समूहबाट अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय