ट्रेण्डिङ

नेपालगन्ज ; दामाेदर भण्डारी नेतृत्वको नेपाल पत्रकार महासँघ बाँकेले तत्कालीन अबस्थामा एम्बुलेन्स खरिदका लागि आर्थिक  संकलन अभियान गरेकाे थियाे ।

त्यस समयमा एम्बुलेन्स खरिदका लागि भनेर करिब १२ लाख जति रकम संकलन भएको भनिएको भएपनि अहिले उक्त रकम कहाँ छ यसकाे कुनै लेखाजोखा छैन ।

एम्बुलेन्स खरिदका लागि संकलित रकम मध्ये केहरकम हिनामिना भएको महासंघकै पदाधिकारी बताउँछन् । महासंघका असार अहिले बैंक खातामा करिब ४ लाख जति छ । तर, अरु  रकम ८ लाख रुपैया कहाँ छ कसले कसरी खर्च गरेकाे हाे यसकाे हरहिसाब कँही देखिदैन ।

श्रोतका अनुसार भण्डारीकाे पालामा एम्बुलेन्स खरिदकाे रकमबाट कार्यालयमा तलब, साधनरण सभा लगायतका शिर्षकमा खर्च गरिएको भनिएको छ । तर, एम्बुलेन्स खरिद शिर्षककाे रकम यसरी अन्यत्र खर्च गर्दा पछि साेधभर्ना गर्नुपर्नेमा अहिलेसम्म साेधभर्ना हुन नसकेकाे देखिएको छ ।

यसले गर्दा पत्रकार महासंघ बाँकेमा एम्बुलेन्स खरिदका लागि उठेकाे रकम नै हिनामिना भएको र केही रकम केही पदाधिकारीले चलाएको खुलेकाे छ । बैकमा भएको ४ लाख भने अहिले सुरक्षित रहेकाे महासंघका पदाधिकारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय