ट्रेण्डिङ

नेपालगन्ज ;  अहिले बाँके पुलिसमा ” राताे टाेपी काण्ड” ले चर्चा पाएकाे छ । श्रोतका अनुसार राेल्पा घर भएका एक व्यक्ति जाे ६/७ जना यसअघिका प्रहरी प्रमुखसँग निकटम दाेस्ती जमाउँदै आएका छन । जसलाई पुलिसबृतमा राताे टाेपीका नामले चिनिन्छ ।

उनले पुलिस हाकिमसँगकाे उटबसलाई दुरुपयोग गर्दै बाँके लगायत केही जिल्लाका पुलिस  कमाण्डरलाई आफ्नाे बहसमा राख्दै    अधिकृत, जुनियर अधिकृतलाई भनेकाे ठाउँमा पठाउने र उनीहरूबाट भरपुर फाइदा लिने गरेकाे खुलेकाे छ ।

प्रहरी प्रमुखलाई बहसमा राखेर उनले आफू निकटका र आफुलाई सहयाेग गरिरहेका जवानदेखि अधिकृतसम्मलाई बर्षाै एउटै ठाउमा वा भनेकाे ठाउँमा राख्ने गरेकाे प्रहरी श्रोत बताउँछ ।

अलिअलि पत्रकार र अलिअलि धार्मिक व्यक्तिका रूपमा आफुलाई चिनाउने राताे टाेपी प्रहरी प्रमुखहरुसँगकाे दाेस्तीलाई दुरुपयोग गर्दै विचाैलिया बनेकाे भनिएको छ ।

” राताे टाेपी” उपनामका ती व्यक्तिले बाँके पुलिसमा रहेका केही जवानदेखि जुनियर र सिनियर अधिकृतबाट समेत भरपुर लाभ लिएको एक अधिकृत बताउँछन् । गाेप्य भैरहेकाे यस्ताे काम सार्वजनिक भएपछि अहिले बाँके पुलिसका केही अधिकृतकाे निदहराम भएको छ ।

पुलिसभित्र व्यापक चर्चा भएपछि अहिलेका प्रहरी प्रमुखले काण्डबारे बुझ्न बाँकेका जवानदेखि अधिकृतसम्म आधा दर्जन प्रहरीलाई हेडक्वाटर तान्ने प्रक्रीया अघि बढाएको प्रहरी श्रोत बताउँछ ।

राताे टाेपीकाे आडमा बाँकेमा केही जवानदेखि अधिकृतसम्मले बर्षाैदेखि मस्ती गर्दै आएका थिए । घटना वाहिरीएसँग उनीहरू अहिले तनावमा देखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय