ट्रेण्डिङ

नेपालगन्ज : बाँके पुलिसमा अहिले ” राताे टाेपी काण्ड” चर्चामा छ । यही काण्डले यहाँका केही पुलिस जुनियर अधिकृत बयानका लागि हेडक्वाटर पुगिसकेका छन । केही निगरानीमा छन ।

जवानदेखि जुनियर अधिकृत मात्रै नभई एसपी समेत यतिवेला राताे टाेपीसँग थर्कमान र त्रसित हुने गरेकाे खुलेकाे छ ।

बेलाबखतमा बाँके आइरहने राताे टाेपी भनिने ती व्यक्तिलाई यहाँको पुलिले राजशी सेवा मात्रै दिदैन बर्दिया, टीकापुर लगायतका ठाउँमा घुम्नका लागि सरकारी गाडी, तेल र सुरक्षा समेत दिदै आएको श्रोत बताउँछ ।

उसले भनेकाे नमाने सरुवा हुने, कारवाहीमा परिने डरले बाँके पुलिसले राताे टाेपीका सबै खाले माग पूरा गर्ने गरेकाे एक पुलिस अधिकृत नै बताउँछन् ।

राताे टाेपीकाे बाँकेमा जवानदेखि अधिकृत सम्म डरलाग्दो उठबस छ । नेपालगन्जकाे धम्बाेझी स्थित एक हाेटललाई सेल्टर बनाएका राताे टाेपीलाई भेटन र चाकडी गर्न बाँकेका पुलिसकाे लाइन हुने गरेकाे भनिएको छ ।

उनले बाँकेमा मा नभएर सुर्खेत, बर्दिया, दाङ लगायतका ठुला जिल्लामा कार्यरत पुलिसलाई डर देखाउँदै फाइदा लिने गरेका छन ।

उनकै कारणले अहिले बाँकेका जवानदेखि सईसम्मका जुनियर अधिकृत बयानका लागि हेडक्वाटर तानिएका छन । बाँकेका ट्राफिकदेखि घुमुवा समेत हेडक्वाटरकाे छानबिन लिष्ट पारेपछि बयानका लागि हेडक्वाटर जानेकाे लर्काे लागेकाे बाँके पुलिस निकट श्रोत बताउँछ ।

राताे टाेपी काण्डका बारे अहिलेका प्रहरी प्रमुख दानबहादुर कार्कीले कडा एक्शन लिदै सम्बन्धित पुलिसमाथि छानबिन थालेका हुन । राताे टाेपी नामक ती व्यक्तिको यसअघिका पुलिस प्रमुखसँग गतिलाे उठबस रहेकाे र त्यहीँ उठबसलाई माध्यम बनाएर उनले पुलिसभित्र आतंक मच्चाउने गरेकाे भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय