ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा सहकारीले बचतकर्ताकै ज्यान लिन थालेका छन । अहिले सहकारी “मानव बम”का रूपमा देखिएकाे विश्लेषण गरिन थालिएको छ ।

सहकारी पीडित नै यहीँ तनावले ज्यान गुमाउन बाध्य भएका छन । अहिलेसम्म सहकारीकै कारण नेपालगन्जमा पाँचजना बचतकर्ताकाे ज्यान गैसकेकाे छ । सहकारी बितिय विकास संस्था र कर्णाली विकास बैककाे कारण हजारौं नागरिक तनावमा छन ।

सहकारी संस्थाको उद्देश्य जनताहरु एकआपसमा मिलेर एकअर्कालाई सहयोग गर्ने हुनुपर्ने हो तर व्यक्ति-व्यक्तिले खोलेका सहकारीहरुले जनताबाट उठाएको बचत खाएर सञ्चालकहरु भागेपछि बचतकर्ताहरु बचत फिर्ताको लडाइँमा छन् ।

तर उनीहरुलाई सरकारको साथ त छैन नै गरिबका नाममा राजनीति गर्ने राजनीतिक पार्टीहरुले ऐक्यबद्धता समेत जनाएका छैनन् ।

अहिले सिडिओ अफिस अघि नेपालगन्जका पुर्व मेयर बिजयकुमार गुप्ताकाे टीम रिले अनशनमा बसेर पीडितलाई न्याय दिनपर्ने भन्दै आन्दाेलित छन ।

सहकारी पीडितका लागि आमरण तथा रिले आनशन सत्याग्रहमा नेपाल पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्र ऋषि चाैलागाई र अनलाइन पत्रकार संघका अध्यक्ष कमल न्याैपाने अनशनस्थल पुगेर विहानै समर्थन र सल्लाह सुझाव दिएका छन ।

तर, सहकारी सम्बन्धित निकाय, सिडिओ अफिस र अन्य सराेकारवालाहरु भने यस  बिषयमा उदासीन छन । उक्त सहकमा १४ हजार बचतकर्ता पीडित छन । यता कर्णाली विकास बैककाे पनि हालत उस्तै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय