नेपालगन्ज : अस्पताल आफैमा गरिमा बाेकेकाे ओझनदार निकाय हाे । जहाँ राक्षस भन्दा सहासिक रूपमा भगवानकाे बास हुने बिश्वास पनि गरिन्छ । याे बिश्वासलाई अटुट रख्न अस्पताल परिवार सधैं कर्मयाेग्य हुनैपर्छ । नागरिककाे स्वास्थ्यको देखभाल गर्ने संस्थाका रूपमा रहने यस्ता निकाय नागरिक वा सेवाग्राहीप्रति उत्तरदायी बन्नैपर्छ ।
अस्यपतालमा विशिष्टता प्राप्त डाक्टर एवं अन्य स्टाफहरूद्धारा तथा विभिन्न प्रकारका उपकरणहरूको सहायताले रोगीहरूको निदान एवं चिकित्सा गर्ने गरिन्छ र गरिनुपर्छ ।
सबैको स्वास्थ्य स्तर सुधार गर्न समान र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीमार्फत योगदान गर्ने दृष्टिकोणबाट अस्पताल स्थापना हुने गर्छन । कुशल, विकेन्द्रीकृत र सहभागी स्वास्थ्य प्रणालीमार्फत प्रमाणमा आधारित, गुणस्तरीय र समान स्वास्थ्य सेवा प्रदान गरी नेपाली जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउने हरेक सरकारी अस्पतालकाे मिसन हुन्छ ।
स्वास्थ्य सेवामा पहुँच नपाएका समूहलाई प्राथमिकता दिँदै, रोग रोकथाम, प्रवर्धन, शीघ्र निदान, गुणस्तरीय उपचार र पुनर्स्थापना सेवाहरू प्रभावकारी, समावेशी र दिगो ढंगले विस्तार गर्नु अस्पतालकाे पहिलाे उद्देश्य रहँदै आउनुपर्छ । यी कुरा हरेक अस्पतालका मुख्यमन्त्र हुन ।
यी तीन कुरामा रहेर स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुपर्छ । जसले सेेवामा प्रभावकारीता र समृद्धिकाे सपना साकार हुनस्कने देखिन्छ । भेरी मात्रै हाेइन बिश्वका जुनसुकै अस्पतालमा हरेक समय हरेक खालका विवाद आउने गर्छन ।
याे स्वभाविक पनि हाे यसमा अस्पताल हतासिनुपर्ने कुनै कारण रहदैन तर घटना वा विवाद हुन नदिनका लागि अस्पतालसँग जाेडिएका स्वास्थ्यकर्मी सचेत भने हुनैपर्छ । घटना घटनु वा समस्या आउनु अस्पतालका लागि भयानक हाेइन तर यसकाे समाधानका लागि काउन्सिलिङ्ग र लविङ्ग गर्ने क्षमता सम्बन्धित निकाय र उसका जिम्मेवार व्यक्तिसँग हुनुपर्छ । जसले व्यक्तिकाे क्षमताकाे पनि मापन गर्छ ।
पछिल्लो समय भेरी अस्पतालमा देखिएका केही घटना र विवादले सन्चारमाध्यमा राज गरेकाे देखियाे । घटनापछि मिडियाले चासाे देखाउनु उसकाे कर्तव्य, अधिकार र जिम्मेवारी हाे तर एकद्वार सुचना सार्वजनिक गर्नु अपराध पनि हाे । तर, सत्य तथ्य सुचना जनमानसमा जानैपर्छ । जसले सम्बन्धित पक्षलासचेत बनाउँछ ।
यद्यपि अस्पतालमा हुने घटनाका विभिन्न कारण हुनसक्छन यसलाई पीडिर र मिडियासँग परामर्श गर्ने कुरामा अस्पतालकाे कमजोरी देखिने गरेकाे छ । कमीकमजोरी सबैका हुन्छन तर यस्ता कमीकमजोरी बाट पाठ सिक्दै फेरी नदाे-याउने अठाेटका साथ अस्पतालले आधारभुत भएपनि रणनीति तयार गरेर यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ । अस्पताल हरुले यसाे गरेकाे देखिदैन ।
हाे, कुनै पनि घटनामा पीडित आक्रोशित हुन्छन, न्यायकाे खाेजीमा हुन्छन यस्ताे अबस्थामा पीडितकाे भावनालाई पनि उचित स्थान दिन कन्जुस्याइँ गर्न हुदैन । जसले विवाद समाधानमा सकारात्मक भुमिका पनि खेल्न सक्छ ।
अस्पतालका कमीकमजोरी सुधार्न धेरै मेहनत गर्न पर्दैन । अस्तालमा तीन तहका कर्मचारी हुन्छन । एउटा चिकित्सक ( डाक्टर ), अर्को नर्स र प्रशासािक कर्मचारी । यी तीन तहका कर्मचारीलाई ताेकिएका काममा जिम्मेवार बनाउन नेतृत्वले सक्नुपर्छ । डाक्टरका हकमा मेसु, नर्सका हकमा मेट्राेन र कर्मचारीका हकमा प्रशासकीय अधिकृत ले आ- आफ्नाे ठाउँबाट निगरमनी गर्ने, काउन्सिलिङ्ग गर्ने र विकास समितिले समग्र अस्पताल र यसमा आबद्ध सबै माथि नियमन गर्ने हाे भने अस्वतालमा घटने हरेक घटनामा न्युनिकरण पक्कै हुने देखिन्छ ।
तर, भेरी अस्पतालका हकमा यी कुनैपनि काम प्रभावकारी हुन नसक्दाकाे प्रतिफल नै विवाद र बढ्दाे घटनाकाे सिलिङ्ग हाे भन्दा अनर्थ नहाेला । यसतर्फ सराेवारलाले ध्यान दिन आबश्यक छ ।
अहिले भेरीकाे विकास समिति नाम मात्रैकाे जस्ताे देखिन्छ । मेसु र नर्सिङ प्रशासक प्रशासनिक रूपमा कमजाेर देखिनु र कर्मचारीकाे नेतृत्वमा दरबन्दी अनुसारकाे दमदार अधिकृत नहुनुले काम चलाउ सरकार झै यस अस्पतालकाे हालत पनि काम चलाउमै धकेलिएको सबैले स्वीकार्न सक्नुपर्छ ।
डाक्टरले समय/ समयमा राउन्ड नगर्ने, नर्सिङ प्रशासकहरु वार्डमा गएर नियमित अनुगमन नगर्ने कर्मचारीकाे नेतृत्वमा प्रशासककाे अभााव अस्पताल व्यवस्थापन चुपचाप रहनु नै वास्तवमा भेरीमा देखिने हरेक समस्याका कारक हुन । यसमा ध्यान दिएर रणनीति रूपमा नेतृत्व अघि बढने हाे भने छिटफुट वाहेका घटना र विवाद भेरी अस्पतालमा राेकिनेमा दुईमत छैन । तर यसमा गम्भीर काे र कहिले बन्ने याे प्रश्न हाे ?






