नेपालगन्ज : बाँकेको चुरे क्षेत्रमा पर्ने बर्फानी बाबा मन्दिर र सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने भनिएको याेजना अहिले पनि अलपत्र छ । यसका लागि यसअघि विनियोजन गरिएको ३८ लाख बजेट स्वाहा भैसक्दा पनि यहाँको पर्यटन विकासका लागि प्रगति शून्य देखिएको छ ।
तत्कालीन अबस्थामा जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थित बर्फानी मन्दिर र नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटनका लागिलुम्बिनी प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि साे बजेट विनियोजन गरेकाे भनिएको थियाे ।
तर, साे बजेटबाट अहिलेसम्म त्यहा कुनै पुर्वाधार निर्माण हुन सकेको देखिदैन । बजे कहाँ, कसरी , कसले खर्च गरेकाेछ यसकाे पारदर्शी विवरण पनि कहि छैन । यसकमे खाेजिमा पर्यन ठेकेदार समेत लागेकम छैनन् । कमाउधन्जदामा रहेका नप्रतिनिधि त चुपचाप छन।
पूर्वाधार निर्माणका लागि बनाइएको विकास योजना अन्र्तगत हेलिप्याड निर्माणको सुरुवात गरिएको लुम्बिनी प्रदेशका तत्कालीन मन्त्री कृष्णा केसीले त्जतिवेला भनेपनि उक्त हेलिकप्टर प्कायाड अहिले पनि बनेकाे देखिदैन ।
त्यहाँ पुग्ने दर्शनार्थीका लागि आवश्यकपर्ने धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणगर्ने याेजना पनि अलपत्र रहेका छन । गफ धेरै काम कम गर्ने जनप्रतिनिधिकाे वानिले यसरी याेजनमा परेका विकास निमार्ण समेत अलपत्र हुनुमा जिम्मेवार काे ?
बाबा बर्फानी पुग्नका लागि नरैनापुर क्षेत्रबाट बाटो पनि बनाउने याेजना कता गयाे ? यतिवेला नागरिकले सासद सुर्य ढकाल र कृष्णा केसिसग प्रश्न गरिरहेका छन । यद्पि उनिहरु नाजवाफ बनिरहेका छन ।
बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल गरेको भन्नदै जस लिएकि नमुना समेत यसकाे विकासमा अहिले उदासीन देखिएकि छन ।






