ट्रेण्डिङ

नेपालगन्ज : विचाैलियासँग सेटिङ्ग मिलाउन लखनउमा सन्चालित अस्पतालका मालिकहरु  धमाधम नेपालगन्ज आउने गरेका छन ।

यहाँबाट विरामी सेटिङ्ग गरेर आफ्नाे अस्पतालमा पु-याउने र यसवाफ बाँकेका बिचाैलिया अर्थात केही मेडिकलवाले र चालकलाई कमिशन दिने गरेकाे भनिएको छ ।

श्रोतका अनुसार नेपालगन्ज बाट एउटा विरामी पठाए वाफत देविना अस्पतालका विनय सिंह, अर्का एक अस्पतालका सन्चालक नितु सिंह, जाेभियलका उदेश सीह लगायतले २/ ढाई लाख सम्म नेपालमा कमिशन बाँडने गरेकाे  नेपालगन्जका विचाैलिया नै बताउँछन् ।

देविना अस्पताल र रितुले नेपालगका केही मेडिकल र अस्पताललाई समेत विचाैलियाका रूपमा प्रयाेग गरिरहेकाे खुलेकाे छ । उक्त अस्पतालले एम्बुलेन्स चालकलाई पनि कमिशन सँगै  आबश्यकता अनुसार फाेन लगायतका सामान खरउद गरिदिने गरेकाे बुझिएको  छ ।

केही दिन अघिमात्र रितु सिंह लगायतकाे टीम नेपालगन्जकाे एक रेष्टुरेन्टमा आइ विचनैलियासँग सेटिङग मिलाएर गएको भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय