ट्रेण्डिङ

नेपालगन्ज : १३४ बर्षमा हुइकिएकाे भेरी अस्पताल प्रविधिमैत्रि सेवा प्रवाहसङ्गै पुर्वाधार विकासमा समृद्ध बन्दै गएकाे देखिएकाे छ ।

लुम्बिनी, कर्णाली र सुदुुरपश्चिमकाे रिफरल सेन्टरका रूपमा रहेको यो अस्पतालमा विभिन्न विशेषज्ञ सेवा सहज रूपमा हुदै आएका छन ।

नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेसँगै सेवा विस्तारको पहल पनि  गरिएको अस्पतालका मेसु डाक्टर प्रकाश थापा बताउछन्  ।

पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको याे अस्पतालको प्रसूति सेवालाई थप फराकिलो, प्रभावकारी र गुणस्तरीय बनाउन लागि परेकाे देखिएको छ ।

अस्पतालमा बाँके र बर्दियासँगै अन्य जिल्लाबाट पनि प्रसूति गराउन आउनेहरू बढ्दै गएकोले प्रसूति सेवाका लागि छुट्टै एउटा थप भवन निर्माण गरेर विशिष्टकृत सेवा उपलब्ध गराउने सोचका साथ पहल सुरु गरिएको थापा बताउँछन ।

१९४७ सालमा साधारण चोट पटक लागेका बिरामीको उपचार गर्ने उद्देश्यका साथ स्थापना भएको भेरी अस्पताल १३४ वर्षको इतिहास बनाउँदा विशिष्टकृत सेवा प्रवाहको दिशामा अगाडी बढ्दै गएको  अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मि श्रेष्ठ बताउछिन्  ।

लामो समयसम्म १५० बेड सञ्चालित भेरी अस्पताल अब भने ५०० बेड सञ्चालनको तयारीमा अगाडि बढेको छ । अस्पताल देशकै उत्कृष्ट सेवा दिने सरकारी अस्पताल बनेको छ ।

स्वास्थ्य मन्त्रालय मातहतको गुणस्तर तथा नियमन महाशाखाले गरेको स्थलगत अनुगमन तथा मूल्यांकनमा सेवा प्रवाहमा पश्चिमको पुरानो र ठूलो अस्पताल भेरी उत्कृष्ट बनेको अस्पताल विकास समिति अध्यक्ष विरेन्दबहादुर शाह बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय