नेपालगन्ज : बाँकेकाे निर्वाचन क्षेत्र तीनमा संसदीय फिल्डमा ३५ बर्षदेखि आयातित नेताकाे रजगँज चलिरहेको छ ।
यहाँ यहीका स्थानीय नेताले खासै पहुँच बनाउन सकेकाे देखिदैन । एकाहतले बनाएपनि उक्त पहुँच र लामाे समय टिक्न सकेकाे देखिदैन । यहाँबाट प्रदेश र संघमा प्रतिनिधीत्व गर्ने साँसदले दाेहाे-यार चुनाव जितेकाे मात्रै नभई उनीहरूकाे राजनीति नै पहिलाे लटमै सक्किएकाे छ ।
कृष्णसिंह परियार काङ्ग्रेसबाट ०४८ मा जिते । उनकाे राजनीति यात्रा संसदीय फिल्डमा फेरि दाेहाेरिएन । फत्तेसीह थारुले राप्रपा हलाेबाट ०५१ मा जितेका थिए । कैलाशनाथ कशाेधनले ०५६ काङ्ग्रेसमा, पुर्णा सुवेदीले माओवादी ६४ मा दलबहादुर सुनारले एमाले ०७० मा जितेका थिए ।
नन्दलाल राेकाय नेकपाबाट ०७४ मा र किशाेरसिह राठौर काङ्ग्रेसबाट ०७९ संघीचुनाव जितेका हुन । तर, उनीहरू कसैले यहाँबाट फेरि उम्मेदवार बन्ने जमर्को समेत गरेकाे देखिदैन । यतिमात्र हाेइन उनीह सबैकाे राजनीति यात्रा लभग यहीँ टुङ्गिएकाे स्पष्ट देखिन्छ ।
अहिले खगेन्द्र सुनारले ०८२ मा रास्वपाबाट जितेर संघीय संसदमा बाँके ३ काे प्रतिनिधित्व गरिरहेका छन । तर, उनकाे पनि याे यहाँका लागि पहिलाे र अन्तिम प्रतिनिधित्व नहाेदा भन्न सकिदैन ।
प्रदेशमा पनि उस्तै अबस्था देखियाे ।
बाबुराम गाैतम र आईपी खर्ल एक पटक प्रदेश साँसद भए ।तर उनीहरूकाे यात्रा यहीँ राेक्कियाे । सबैकाे राष्ट्रिय राजनीति चैट भएको इतिहास अहिले पनि परिवर्तन हुन सकेकाे छैन ।
अहिले प्रदेशमा प्रतिनिधित्व गरिरहेका रत्न खत्री र बादसाह कुर्मीकाे पनि अब अन्तिम नहाेला भन्न सकिदैन । तर, याे भने आगामी चुनावले निर्धारण गर्ने छ ।
संघीय राजनितीमा स्थानीय नै जान नसक्नुमा दाेषी काे ? यसकाे खाेजी गर्ने जरुरी छ । दलका अग्रज नेताले उत्तराधिकारी बनाउन निक्नु र आफू पनि याेग्य नहुनेले यहाँ हरेक संघीय चुनावमा आयातितले ह्यटिक गर्न सफल भएको देखिन्छ ।






