ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्जकाे सुर्खेतराेड स्थित पुष्पलाल र कारकाँदाे चाेकमा यातायात  व्यवसायीले सडकमै पार्किङ  गरिरहेका छन ।

नेपालगन्ज  उपमहानगरपालिकाकाे मनपरितन्त्र र दादागिरीका कारण  व्यवसायीदर्जनबढी सवारीसाधन  सडकमै अस्तव्यस्त पार्किङ गर्न बाध्य भएका हुन ।

यसअघि वाटरपार्ककाे खाली जग्गा भाडामा लिएर यातायात कम्पनीहरुल् बस बिसाैनीकाे व्यवस्थापन गरेका थिए । तर, केही चलेका र ठुला भनिएका यातायात प्राालीकाे दबाबमा उपमहानगरपालिकाले उक्त  बसबिसाैनी हटाएकाे व्यवसायी नै बताउँछन् ।

यसरी बसपार्क  हटाएपछि अहिले तीन महिना यता व्यवसायी  सडकमा गाडी राख्न बाध्य छन । जसले सडक कब्जा मात्रै  भएको छैन पैदलयात्रुुलाई समेत हिडडुलमा समस्या हुने गरेकाे छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत केही  जनप्रतिनिधिकाे ठाडाे आदेशमा नगर प्रहरी  र ट्राफिककाे सक्रियतामा वाटरपार्ककाे बसपार्क हटाइएको व्यवसायी बताउँछन् ।

यसरी हटाएपनि उपमहानगरपालिकाले पार्किङ  व्यवस्थापनमा चासाे देखाएको छैन । सवारी  बसपार्क  जान मान्दैनन् तर, वाटरपार्ककाे बसपार्क हटाइयाे एक व्यवसायीले भने ” सडकमै यात्रु हाल्नु र सवारीसाधन राेक्नुकाे बिकल्प छैन ।”

यश बिषयमा नेपालगन्ज  उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट भने आलटाले प्रतिक्रीया दिदै स्थानीय  प्रशासन र प्रमुख प्रशासकीय अधिकृतकाे टाउकाेमा दाेष थुपार्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय