ट्रेण्डिङ

नेपालगन्ज : विगत दुई  बर्ष नियमित उत्कृष्ट भएको भनिएको भेरी अस्पताल अहिलेकाे कार्य सम्पादन मुल्यांकनमा पछि परेकाे छ ।  भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा उत्कृष्ट भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् । यतिबेला  पाटन र भेरी अस्पताल पछाडि देखिएको मन्त्रालय श्रोत बताउँछ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा. श्रीराम तिवारी भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउँछन ।

मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि एक हजार ४ सय ९७ विभिन्न सूचकहरु बनाएर परीक्षण गरेको हो ।

बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाइ, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधिक गरेकाे हुनुपर्नेमा भेरी  लगायत केहीले यसाे नगरेकाे भेटिएको भनिएको छ ।

भेरी  लगायत केही  अस्पतालमा   सूचक राम्रो देखिए पनि बिरामीको उच्च चाप र न्यूनतम स्रोतसाधनमा काम गर्नुपर्दा चाहेर पनि बिरामीको अपेक्षाअनुसार अझै सेवा दिन नसकिएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय