नेपालगन्ज : बाँकेकाे नेपालगंज उघोग बाणिज्य संघकाे नयाँ नेतृत्व चयन गर्नका लागि भदौ १ गते निर्बाचकाे घोषणा गरिएको छ।
तर, घोषणा गर्नु भन्दा २ दिन पहिले नियोजित ढंगले ४/५ सय को हाराहारिमा नयाँ सदस्यको नाममा नेपालगंज बाहिरबाट ल्याई गैर ब्यवसायी फर्म दर्ता गरिएकाे खुलेकाे छ ।
संघलाई फेरि पनि आफ्नै कब्जामा राख्ने गरि षडयंत्र पुर्ण तरिकाले निर्बाचन घोषणा गरिएको पनि अर्को आराेप संघ माथि छ ।
अधिकाशं फर्ममा फोटो अर्कैको नाम अर्कैको सक्कल प्रमाण पत्र नै नमांगी किर्ते फोटोकपीको आधारमा फर्महरु दर्ता गरि मतदाता संख्या बढाएकाे नेपालगन्जका व्यवसायी ललित राैनियारले सामाजिक संजाल फेसबुकमै सार्वजनिक गरेका छन ।
संघलाई कब्जा गर्ने रणनिति बिगत ४/५ कार्यकाल देखि नै संघमा चलिरहेको भन्दै उनी लेख्छन “यसको जिम्मेवार उनिहरु होईनन हामी ब्यवसायी आफै हौ त्यसमा पनि बढि जिम्मेवार नेपालगंजका ब्यवसायी नै हुन ।”
संघलाई यदि यस्ता निकम्माहरुको कब्जाबाट बाहिर ल्याउनु छ भने स्वत: स्फुर्त आफै आफ्नो फर्म नबिकरण गर्नुपर्ने उनी बताउँछन् ।
बर्तमान नेतृत्वले मेलाको हर हिसाब सार्बजनिक नै नगरि आन्तरिक रुपमा त्यहाँ भएको ठुलो घोटालालाई ढाकछोप गरिएको उनकाे आराेप छ । आफ्नो असंतुष्टि ब्यक्ति प्रति पटक्कै नभएर नेतृत्वको कार्य शैली प्रति भएको उनले स्पष्ट पारेका छन ।
तर, यश बिषयमा संघका एक पदाधिकारीले नाम नलेख्ने सर्तमा आराेप पुर्ण सत्य नभए पनि अलिअलि चलखेल भएको स्वीकार्यका छन ।
यता प्रजातान्त्रिक उघोगी व्यवसायी संघको तर्फबाट नेपालगंज उघोग बाणिज्य संघको अध्यक्ष पदको उम्मेदवारको लागि संजय थापाको नाम निर्णय गरेकाे समाचार श्रोत बताउँछ ।






