ट्रेण्डिङ

नेपालगन्ज : संघीय निर्वाचनपछि वहुमत प्राप्त रास्वपा अर्थात वालेन सरकारकाे निर्देशनपछि बाँकेकाे जमुनाह नाकामा सशस्त्र प्रहरीले अबैध सामान बरामद तथा तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ ।

पछिल्लो समय सिमानाकाबाट अबैध तथा सरकारकाे नीति विपरीत ल्याइएका सामान बरामद गर्ने, सुरक्षा व्यवस्था चुस्त राख्ने र राज्यकाे राजश्व बृद्वि गराउन सशस्त्रको भुमिका देखिएकाे छ ।

सरकार गठन लगत्तै प्रधानमन्त्रीकाे निर्देशन भएदेखि अहिलेसम्म अर्थात ०८२/०८३ मा सशस्त्र प्रहरीले जमुनाहबाट १३ कराेड ३१ लाख ६१ हजारकाे सामान बरामद गरेकाे सशस प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरीकाे रिपोर्टले देखाएको छ ।

सिद्धपाइलालाई प्राप्त रिपोर्ट अनुसार यस अबधिमा सशस्त्र प्रहरीले ११ कराेड ७१ लाख ६३ हजार राजश्व भन्सारमा दाखिला गरेकाे छ ।
जसमा काठ बरामद २२ लाख ४८ हजारमा नष्ट मूल्य ८५ लाख २३ हजार रहेकाे छ ।

रिपोर्टमा उल्लेख भए अनुसार ६० लाख ९६ हजार श्रोत नखुलेकाे नगद रकम रहेकाे छ ।ओखेटाेपहारबाट २१ लाख जति बरामद भएको छ भने यश अबधीमा यसरी अबैध सामान ओेसारपसारमा २१ जना पक्राउ परेका छन ।

यसैगरी लागू औषधमा अहिले सम्म वा यसअबधिमा २२ जना काराृवारी तथा सेवन र ओेसारपसारमा संलग्नलाई सशले नियन्त्रणमा लिइएको छ । उनीहरू माथि कसुर बमाेजिम कानुनी कारवाही भएको सशस्त्र बागेश्वरी गण श्रोत बताउँछ ।

सशस्त्रद्वारा २३ महिलाकाे उद्वार :  २१ पीडक पक्राउ 

सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरीले २३ जना पीडित महिलाकाे उद्वार गरेकाे छ ।मानव बेचविखन सम्बन्धि उजुरी परेकाे आधारमा नाकामा खाेजतलासी गर्दा २३ जना महिलालाई उद्वार गरेकाे हाे ।

मानव वेचविखनमा संलग्न भएको सुचनाका आधारमा २१ जना पीडकलाई सशस्त्रले नियन्त्रणमा लिएर कानुनी उपचारका लागि बाँके प्रहरीमा बुझाएको भनिएको छ ।

यसले पनि पछिल्लो समय सीमा नाकामा सरकारकाे निर्देशन कडाइका साथ लागू भएको र यहाँ सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी गण र यसका कमाण्डरहरुकाे निगरानी तथा सशस्त्रका जवानदेखि कमाण्डरसम्मकाे सक्रियता उल्लेख्य रहेकाे स्थानीय जमुनाहबासी कैलाश यादव नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय